रौतहटको बागमती नदीमा विभिन्न ठाउँमा अ’वैध उत्खनन गरिरहेका एक्जाभेटरलाई प्रहरीले नियन्त्रणमा लिएपछि जनप्रतिनिधिहरु छुटाउन सक्रिय भएका छन् ।
वृन्दावन र गढीमाई नगरपालिकाका जनप्रतिनिधिहरु नदीमा अ’वैध दोहन गरिरहेका एक्जाभेटर तथा तिनका चालकलाई छुटाउन पहल गरिरहेका छन् ।
वृन्दावन नगरपालिकाका मेयर राम स्नेही यादव तथा गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवसहितका
जनप्रतिनिधिको टोली आइतवार जिल्ला समन्वय समिति रौतहटको कार्यालय गौरमा एक्जाभेटर र चालक छुटाउन दबाब दिएका छन् ।
शुक्रबार प्रहरीले बागमती नदीमा अ’वैध उत्खनन गर्दै गरेका आठ एक्जाभेटरसहित सात चालकलाई छुटाउन द’बाब दिएका हुन् ।
दुवै नगरपालिकाका जनप्रतिनिधिले बागमती नदीमा नगरपालिकाको निर्णयअनुसार नै गिटी तथा ढुंगा झिकेको जिकिर गरेका छन् ।
प्रहरीले नियन्त्रणमा लिएको सामग्री छुटाउन जिससलाई निर्माण व्यावसायी तथा निर्माण कम्पनीहरुले पनि द’बाब दिएको देखिएको छ ।
यो समाचार आजको नागरिक दैनिकमा छ ।