सार्वजनिक तेस्रो त्रैमासको वित्तीय विवरणहरुको अनुसार सबैभन्दा बढी मुनाफा वितरण गर्नेमा नबिल बैंक परेको छ ।
नेपालका सम्पूर्ण वाणिज्य बैंकहरुको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक भइसकेका छन् ।
जसमा नेपालको जम्मा २७ वाणिज्य बैंकहरुमध्यै २६ वटा बैंकहरु नेप्सेमा सुचिकृत भइसकेका छन् ।
प्रत्येक कम्पनीको वितरणयोग्य मुनाफाको आधारमा सेयरधनीलाई वितरण गरिने लाभांशको अनुमान लाउन सकिन्छ ।
नबिल बैंकको चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ८० करोड रुपैयाँ भएको छ ।
सबैभन्दा बढी मुनाफा वितरण गर्नको साथै हालसम्म प्रतिशेयर वितरणयोग्य मुनाफा पनि यही बैंकको सबैभन्दा धेरै छ ।
कम्पनीको प्रतिशेयर वितरणयोग्य मुनाफा २८ दशमलव २१ रुपैयाँ पैसा छ ।
यसैगरी, यो अवधिसम्म सबैभन्दा कम वितरणयोग्य मुनाफा सेन्चुरी कमर्सियल बैंकको रहेको छ ।
चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २२ करोड २९ लाख रुपैयाँमा रोकिएको छ ।
बैंकहरुले वितरणयोग्य नाफाबाहेक शेयर प्रिमियम, जगेडामा रहेको रकमसमेत प्रयोग गरेर लाभांश वितरण गर्न सक्नेछन् ।
जुन यहाँ गणना भएको छैन र गणना भएको खण्डमा लाभांश क्षमता बढ्न सक्छ ।
हाल नबिल बैंक र युनाईटेड फाइनान्स तथा नेपाल इन्भेष्टमेन्ट बैंक
र हिमालयन बैंकका बिच मर्जर र एक्विजिसनको काम हुँदैछ जसकारण यी कम्पनीहरुको शेयर संरचना र लाभांशमा परिवर्तन हुनेछ ।
हाल मर्जरको प्रक्रिया भइरहेको कारण हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको दोस्रोबजार कारोबारमा भने रोक्का लाइएको अवस्था छ ।