नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर सुचिकृत भएको छ।
आज कम्पनीको ८३ लाख ९४ हजार १ सय कित्ता शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसंगै बुधबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १३८.७९ देखि ४१६.३७ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ ।
यो रेन्ज भित्रको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ । कम्पनीको CEDB सिम्बलबाट कारोबार हुने छ ।
नेप्सेले सुरुवाती कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।
कम्पनीले सर्वसाधारणको लागि २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २ सय ३० कित्ता आइपीओ निष्काशन गरेको थियो ।
जस मध्ये ५० हजार ३ सय ६५ कित्ता कम्पनीको कर्मचारीको लागि र १ लाख २५ हजार ९ सय ११ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो ।
बाँकि रहेको २३ लाख ४१ हजार ९ सय ५४ कित्ताको सर्वसाधारणले आवेदन दिन दिएका थिए ।
आईपिओमा ४ हजार ४ सय ४२ जनाको आवेदन अयोग्य भएको र योग्य रहेका १६ लाख ८५ हजार ६ सय २७ जनालाई
गोलाप्रथामा सहभागी गराई गोलाप्रथाबाट २ लाख ३४ हजार १ सय ९५ जनाले शेयर १० कित्ताको दरले शेयर पाएका थिए।
२ लाख ३४ हजार १ सय ९५ जनाले मध्ये ४ जनाले भने ११ कित्ता शेयर पाएका थिए।
क्लिन इनर्जी डेभलपमेन्ट बैंकद्धारा प्रबर्धित सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड
नेपालको प्रचलित कानुन अन्तर्गत मिति २०६६÷०८÷१५ गतेका दिन नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हो ।
कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं जिल्ला का. म. न. पा. वडा नं. ११, त्रिपुरेश्वरमा रहेको छ ।
हाल यस कम्पनीमा २६५ संस्थापक शेयरधनीहरु रहेका छन् ।
कम्पनीले कसुवा खोला हाइड्रो, युनिभर्सल पावर कम्पनी , मोरङ्ग इनर्जी लिमिटेड, राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रकसन,
गण्डकी इनर्जी लिमिटेड, राधि विद्युत कम्पनी, दोर्दी खोला जलविद्युत कम्पनी, र खारे इन्भेष्टमेन्ट लिमिटेडमा शेयर लगानी गरेको छ ।