जीवन बडू र आकृति मिश्राको स्वर रहेको गीत ‘राम पियारी’ सार्वजनिक भएको छ । गीतमा जगत तिरुवाले शब्द तथा संगीत दिएका छन् ।
भिडिओमा कविता राय, सुधीर श्रेष्ठ, जीवन बडूलगायतको अभिनय देख्न सकिन्छ ।
विशालकुमार महराको निर्देशन रहेको भिडिओमा पदम सुबेदीको सम्पादन रहेको छ ।
स्वास्थ्यका झण्डै दुई हजार कर्मचारीको समायोजन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १९२६ जना कर्मचारीको समायोजन सकिएको छ ।
मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख दामोदर रेग्मीका अनुसार १८३० जना कर्मचारीको एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समायोजन भएको हो ।
समायोजन भएका कर्मचारीमा अधिकृतस्तरका २९३ जना र सहायकस्तरका १५३७ जना रहेका छन् ।
यस्तै, प्रदेशबाट स्थानीय तहमा २१ जना अधिकृतस्तर र ११ जना सहायकस्तर गरी ३२ जना कर्मचारीको समायोजन मिलान गरिएको छ ।
समायोजन गरिएका कर्मचारीमध्ये सबैभन्दा बढी एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समायोजन भएका रेग्मीले बताए ।
उनका अनुसार ७ जना अधिकृतस्तर र ८ जना सहायकस्तर गरी १५ जनाको एक प्रदेशबाट अर्को प्रदेशमा समायोजन भएको छ ।
अधिकृतस्तरका १५ जना र सहायकस्तरका ७ जना गरी २२ जनाको संघबाट स्थानीय तहमा समायोजन गरिएको छ
भने १७ जना अधिकृतस्तर र १० जना सहायकस्तरका कर्मचारी गरी २७ जनाको संघबाट प्रदेशमा समायोजन मिलान भएको छ ।
प्रदेशबाट संघमा र स्थानीय तहबाट संघमा मिलान हुने कर्मचारीको संख्या भने शून्य रहेको छ ।