प्रतिनिधि सभा विघटनवि’रुद्धको मु’द्दामा बुधबार सुनुवाइको तयारी गरिएको छ ।
आइतबार संवैधानिक इजलासका दुई न्यायाधीशमाथि सरकारी पक्षका वकिलहरुले
प्रश्न उठाएपछि हेर्दाहेर्दैमा स्थगित भएको इजलास बुधबार बस्ने तयारी रहेको सर्वाेच्च अदालतले जनाएको छ ।
सोमबार सुनुवाइ स्थगित भएपछि सर्वाेच्चका सूचना अधिकारी देवेन्द्र ढकालले अनलाइनखबरसँग बुधबार सुनुवाइ गर्ने तयारी रहेको बताएका थिए ।
सर्वाेच्च स्रोतका अनुसार बुधबारको इजलासमा सरकारी पक्षले प्रश्न उठाएका
दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलासमा बस्ने कि नबस्ने भन्ने आदेश सुनाउने तयारी छ ।
उनीहरुको निर्णयको आधारमा संवैधानिक इजलासलाई निरन्तरता दिने वा पुनर्गठन गर्ने भन्ने तय हुन्छ ।
न्यायाधीशद्वय कार्की र भट्टराई इजलासमा बस्न इच्छुक देखिएनन् भने पुनः
इजलास गठन गर्नुपर्ने भएकोले बुधबार पनि मुद्दा विषयवस्तुमा प्रवेश गर्ने सम्भावना छैन ।
आइतबार मात्रै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायाधीशहरू दीपककुमार कार्की,
मीरा ढुंगाना, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईलाई समेटेर संवैधानिक इजलास पुनर्गठन गरेका थिए ।