जिल्लामा पछिल्लो समय दैनिकरूपमा को’रोना भाइ’रसका स’ङ्क्रमितको सङ्ख्या थपिँदै जान थालेपछि
उनीहरुको जीवनरक्षाका लागि यहाँका विभिन्न सङ्घसंस्थाले घरैमा पुगेर स्वास्थ्य सामग्री प्रदान गर्न थालेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार दोस्रो चरणको को’रोना भाइ’रसका कारण जिल्लामा कम्तीमा पनि एक हजार १०० जनामा को’रोना स’ङ्क्रमण पुष्टि भएको छ ।
जिल्लामा को’रोना स’ङ्क्रमण निको हुने क्रमसँगै बढ्ने क्रम बढी देखिएको स्वास्थ्यकर्मी बताउँछन् ।
यसै सिलसिलामा को’रोना स’ङ्क्रमण भएका व्यक्ति तथा उनीहरुका परिवारको सुरक्षाका लागि जिल्लामा कार्यरत
सम विकास केन्द्र नामक गैरसरकारी संस्थाले स’ङ्क्रमितका घरैमा पुगेर स्वास्थ्य सामग्री प्रदान गर्ने अभियान सञ्चालन गरेको छ ।
विदेशी दातृ निकाय एक्सनएड नेपालको सहकार्यमा उक्त संस्थाले जिल्लाको दिपायल सिलगढी नगरपालिकामा रहेका को’रोना स’ङ्क्रमणमा परेका व्यक्तिका परिवारलाई
स्वास्थ्य सामग्री प्रदान गर्ने अभियान सञ्चालन गरेको संस्थाका अध्यक्ष अधिराज बिसीले जानकारी दिए ।
उनका अनुसार संस्थाले मङ्गलबार नगरपालिकाको वडा नं ५ को होमआइसोलेशनमा रहेका ३४ को’रोना स’ङ्क्रमितका घरपरिवारका सदस्यलाई घरैमा पुगेर स्वास्थ्य सामग्री वितरण गरेको छ ।
वडाका अन्य नागरिकमा को’रोना भा’इरसको स’ङ्क्रमण नफैलियोस् तथा को’रोनाबाट जो’गिन सा’वधानी अ’पनाउन् भन्ने
उद्देश्यले होमआइसोलेशनमा रहेका घरपरिवारका व्यक्तिलाई स्वास्थ्य तथा सरसफाइका सामग्री स्यानिटाइजर, स’र्जिकल मास्क, पल्स अक्सिमिटर, डिजिटल थर्मोमिटर,
साबुन, पेपर टावेल र स्यानिटरी प्याडसहित प्रतिपरिवार रु दुई हजार २२७ बराबर सामग्री वितरण गरिएको संस्थाका पूर्वअध्यक्ष केशव परियारले जानकारी दिए ।
सामग्री वितरणका साथै विश्वव्यापीरूपमा फैलिरहेको को’भिड–१९ को म’हामा’रीबाट बच्न,
रोकथाम गर्न, सुरक्षा मापदण्डको पालना गर्न पोष्टरमार्फत सचेतनामूलक जानकारी गराइएको बताइएको छ ।