हेटौंडा उपमहानगरपालिका क्षेत्रमा आजदेखि लगाइने भनिएको को’भिड १९ विरुद्धको खो’प ‘भेरोसेल’ रोकिएको छ ।
हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले खो’प लगाउने
विषयमा अन्यौल भएको कारण खो’प रोकिएको बताउँदै पत्रकार सम्मेलन गरेर मात्रै खो’प लगाउने बताए ।
आजदेखि सुरु हुने भनिएको खो’प अभियान अन्तिम समयमा रोकिएको हेटौंडा उपहानगरपालिकाका
जनस्वास्थ्य निरीक्षक तथा को’भिड फोकल पर्सन भोला चौलागाईंले जानकारी दिए ।
उनले अर्को सूचना जारी नभएसम्मको लागि खो’प अभियान स्थगित भएको जानकारी दिए ।
खो’प अभियानका विषयमा हेटौंडा उपमहानगरपालिकाका वडाध्यक्षहरु, उपमेययरले समेत अन्योलमा रहेको बताए ।
हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख रमन झाले खो’प प्राविधिक कारणले रोकिएको भन्दै अहिले बैठक जारी रहेको बताए ।
खो’प लगाउनका लागि हेटौंडाका १९ वटै वडामा टोली परिचालन भइसकेको थियो ।
हेटौंडाका दुई वटा वडामा खो’पसहित गाडीसमेत पठाइएको थियो ।
खो’प केन्द्रमा आएका उक्त उमेर समूहका मानिसहरु केही फर्किसकेका छन् भने केही कुरेर बसिरहेका छन् ।