काठमाडौं कारोबारमा आएको पहिलो दिन सीईडीबी हाइड्रोपावर
डेभलपमेन्ट कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।
आज उक्त कम्पनीको शेयर मूल्य ९.८६ प्रतिशतले बढेको हो ।
आज स्पेशल प्रि ओपनिङ सेसनमा कम्पनीको ४१६ रुपैयाँमा पहिलो कारोबार भएको थियो ।
नियमीत कारोबारमा त्यो ४१ अंकले बढेर ४५७ रुपैयाँ पुगेको हो ।
केही समयअघि आईपीओ निष्काशन गरेको यस कम्पनीको शेयर हिजो मात्र नेप्सेमा सुचिकृत भएको थियो ।
त्यसपछि आजदेखि उक्त कम्पनीको शेयर कारोबार सुरु भएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि रू. १३८ दशमलव ७९ देखि ४१६ दशमलव ३७ सम्म मूल्य रेञ्ज तोकेको थियो ।
कम्पनीको माथिल्लो रेन्जबाट कारोबार सुरु भएको थियो ।
कम्पनीले बैशाख २७ गते देखि २१ गते सम्म सर्वसाधारणको लागि आइपीओ निष्कासन गरेको थियो ।
कम्पनीले २५ लाख १८ हजार २३० कित्ता आइपीओ निष्कासन गरेको थियो ।
जसमध्ये ५० हजार ३६५ कित्ता कर्मचारीको लागि र १ लाख २५ हजार ९११ कित्ता सामुहिक लगानी कोषले पाएका थिए ।
बाँकी रहेको २३ लाख ४१ हजार ९५४ कित्ता आइपीओ सर्वसाधारणले पाएका छन् ।
सर्वसाधारण तर्फ १६ लाख ३७ हजार ६५९ जनाको योग्य आवेदन परेको थियो ।