काठमाडौँ- भारी वर्षापछि भारतको मुम्बइस्थित मलाड वेस्टको
मालवानी क्षेत्रमा रहेको एउटा चार तल्ले भवन भत्किँदा कम्तीमा ९ जनाको मृ’त्यु भएको छ ।
अन्य कयौँ बेपत्ता भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
बुधवार राति साढे ११ बजेतिर भवन भत्किदा घा’इते
भएका ८ जनाको स्थानीय बीडीबीए नगर जनरल ह’स्पिटलमा उपचार भइरहेको छ ।
घरको भग्नावशेषमा फसेका १५ जनाको उद्धार गरिएको छ ।
भारी वर्षाकै कारण मुम्वइका सडक तथा रेलमार्ग पनि बन्द भएको छ ।
अझै चार दिन भारी वर्षाको सम्भावना रहेकाले
आवश्यक सतर्कता अपनाउ भारतीय मौसम विभागले आह्वान गरेको छ ।