मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्ब साधारणको लागी साधारण शेयर जारी गर्ने भएको छ ।
यस लघु बित्तीय कम्पनीले सर्ब साधारणको लागी ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको
३ लाख ९३ हजार ७ सय ५० कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका
लागि वैशाख १३ गते सोमबार नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको हो ।
यस लघु बित्त कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।
यो पनि पढ्नुहोस पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला एक कम्पनीले सर्वसाधारणका
करिब ९० करोड रुपैयाँको प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
आयोजना प्रभावित स्थानीयका लागि शेयर निष्कासन गरेको मध्य भोटेकोशीले आम सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने तयारी गरेको छ ।
मिति तय भैसकेको छैन ।पहिलो चरणमा स्थानीयका लागि निष्कासन गरेको आईपीओ कोभिड फैलिन सक्ने भन्दै स्थगित गरेको छ ।
कम्पनीले द्रोसो चरणमा जारी पूँजी ६ अर्बको १५ प्रतिशत अर्थात रु. ९० करोडबराबरको ९० लाख कित्ता साधारण शेयरहरु निष्कासन गर्ने जनाएको छ ।
त्यसमा ८१ लाख ९० हजार कित्ता साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने छ ।
९० लाख कित्ता मध्ये ३ लाख ६० हजार कित्ता अर्थात ४ प्रतिशत शेयर कम्पनीका
कर्मचारीहरुलाई र ४ लाख ५० हजार कित्ता अर्थात ५ प्रतिशत शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।
कम्पनीले १०० अंकित दरका १ करोड ५० लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट बैशाख ५ गते अनुमति पाएको थियो ।
त्यस मध्ये सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि कुल जारी पूँजी ६ अर्बको १० प्रतिशत
अर्थात ६० करोड बराबरको ६० लाख कित्ता शेयर स्थानीयका लागि निष्कासन गरिएको हो तर लक डाउन ले गर्दा अहिले रोकिएको छ ।
मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमीटेडले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
कम्पनीको अधिकृत पूँजी रु. ६ अर्ब २१ करोड रहेको छ भने जारी पूँजी रु. ६ अर्ब तथा चुक्ता पूँजी रु. ४ अर्ब ५० करोड रहेको छ ।
निर्माणाधीन यस आयोजनाकोअद्यावधिक लागत अनुमान निर्माण अवधिको ब्याज
बाहेक रु.१५ अर्ब ३ करोड २ लाख ९० हजार रुपैयाँ र निर्माण अवधिको ब्याजसहित रु.१६ अर्ब ९७ करोड ३२ लाख १८ हजार रहेको छ ।
कम्पनीको प्रक्षेपित वित्तीय विवरणअनुसार निर्माण अवधिको ब्याजसहित प्रतिमेगावाट
लागत रु.१६,६४,०४,१०१।– रहेको छ भने साधारण लगानी फिर्ता हुने अवधि ७.७० वर्ष रहेको छ ।
आइपीओ निश्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई निश्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको छ
भने सह निश्कासन तथा बिक्री प्रबन्धकको रुप्मा प्रभू क्यापिटल,
एनआइबिएल एस क्यापिटल, लक्ष्मी क्यापिटल, सिभिल क्यापिटल, सानिमा क्यापिटल र सीबीआइएल क्यापिटल रहेका छन् ।