काठमाडौं– काठमाडौं महानगरपालिकामा को’भिड–१९ विरुद्धको खोप अभियान रोकिएको छ ।
काठमाडौं महानगरपालिकाले बिहिबार एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।
खोप दिने कार्यक्रम भए पनि स्वास्थ्य सेवा विभागबाट जिल्लालाई छुट्याइएको खोप संख्या सकिएको
भनि सूचना प्राप्त भएकोले खोप कार्यक्रम अर्को सूचना नआए सम्मको लागि स्थगित गरेको महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
महानगरपालिकाले यही जेठ २५ गतेदेखि ६०–६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भेरोसेल खोप दिने अभियान सञ्चालन गरेको थियो ।
महानगरको एक देखि ३२ वडा कार्यालयमा तय भएको कार्यक्रम स्थगित भएको हो ।
मनाङेले राजीनामा दिएपछि मुख्यमन्त्री गुरुङले गरे बर्खास्त
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले पदमुक्त गरेका छन् ।
युवा तथा खेलकुद मन्त्रालय आफैँले हेर्नेगरी उनले मनाङलाई पदमुक्त गरेका हुन् ।
तर, मुख्यमन्त्री गुरुङले पदमुक्त गर्नुअघि नै मनाङेले पदबाट राजीनामा दिइसकेका थिए ।
तर, पत्र भने मुख्यमन्त्री कार्यालयमा पुगिसकेकाे छैन । मनाङेले शुक्रबार मात्र पत्र बुझाउने छन् ।
गुरुङले विश्वासको मत लिने तय भएको बिहीबारको प्रदेश सभा बैठकमा मनाङे अनुपस्थित भएका थिए ।