काठमाडौं । नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकको ५० कित्ता आइपीओमा लगानी गर्नेहरुले चार महिनामा २३ हजार रुपैयाँ नाफा कमाएका छन् ।
बैंकको १० देखि ५० कित्ता सेयर माग गर्नेले माग अनुसार नै सेयर पाएका थिए।
यसआधारमा ५ हजार लागनी गर्नेको सेयर मूल्य आज २७ हजार बढी छ ।
यो बैंकको फागुन २ गतेदेखि प्रतिकित्ता ३ सय ४० रुपैयाँमा कारोबार खुलेको थियो ।
आज बैंकको सेयर प्रतिकित्ता ५ सय ६१ रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि फेब्रुअरी २२ मा बैंकको शेयर मूल्य ६ सय ६० पुगेको थियो ।
१४ लाख ७५ हजार ८ जनाले आइपीओ पाएका थिए। देशकै पहिलो पूर्वाधार बैंकले
नेपाली सेयर बजारको इतिहासमै सबैभन्दा ठूलो (८ अर्ब रुपैयाँ बराबरको) साधारण सेयर निष्कासन गरेको थियो।