को’रोना म’हामा’रीको दोस्रो लहरका कारण बन्द भएको कतारका लागि नेपाली राजदूतावास खुल्ने भएको छ ।
म’हामा’री रोकथामको उद्देश्यले जारी स्थानीय निषेधाज्ञाका कारण बन्द रहेको दूतावास असार १ गतेबाट खुल्न लागेको हो ।
दोहाबाट जारी सूचनामा अब दूतावासको काम बिहान ८ बजेदेखि अपरान्ह ३ बजेसम्म हुनेछ ।
दूतावास आइतबारदेखि बिहिबारसम्म सार्वजनिक बिदाको दिनबाहेक खुल्ला रहने बताइएको छ ।
दूतावासले भनेको छ ‘राहदानी फारम संकलन तथा मागपत्र प्रमाणीकरणसम्बन्धी कार्य बिहान ८ देखि ११ बजेसम्म हुन्छ ।
कन्सुलर सेवा तथा श्रमसम्बन्धी अन्य कार्य बिहान ८ बजेदेखि २ बजेसम्म हुन्छ ।
राहदानी वितरण मध्यान्ह १२ बजेदेखि दिउँसो साढे २ बजेसम्म र नगद काउण्टर बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला रहने छ ।’