स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे नामबाट जारी भएकाे सेयरहरू रद्द गरी ग्लोबल
आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडकाे नामबाट अभाैतिक रूपमा जेठ २८ गते हितग्राही खातामा पठाइएकाे छ ।
कम्पनीले एक सूचना प्रकाशन गर्दै उक्त सेयर हितग्राही खातामा पठाइएकाे जानकारी दिएकाे हाे ।
साविकका स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरूकाे खातामा कुनै कारणवश सेयर जम्मा नभएकाे
भए कम्पनीकाे सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाडाैँमा सम्पर्क गर्न सक्नेछन् ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडलाई १:०.९० काे
अनुपातमा प्राप्ति गरी वैशाख ८ गते बुधबारबाट एकीकृत कारोबार थालिसकेकाे छ ।
नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम चैत्र १० गतेकाे
स्वीकृती र कम्पनी रजिष्ट्रार कार्यालयकाे चैत्र २७ गतेकाे स्वीकृती मुताविक साविक स्पर्स
लघुवित्त वित्तीय संस्था लिमिटेड ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडमा समाहित भई
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडकाे नामबाट वैशाख ८ गते बुधबारबाट एकीकृत कारोबार सुरू भएकाे हाे ।