घरायसी झ’गडाका कारणका आफ्नै श्रीमतीलाई एसिड प्र’हार गरेको आ’रोपमा प्र’हरीले यहाँका
एक सुनचाँदी व्यवसायीलाई शनिबार साँझ प’क्राउ गरेको छ । एसिड प्र’हारबाट घाइते ती महिलाको स्थानीय एपोलो
अ’स्पतालमा उपचार भइरहेको छ ।
चन्द्रपुर ४ स्थित मनिषा सुनचाँदी पसलका सञ्चालक दिपक विकले श्रीमती दिपिकालाई एसिड प्र’हार गरेका हुन् ।
दिपिकाको पाखुरा र पेटमा एसिडले घाउ भएको छ । घा’इते दिपिकाको अवस्था ठिक रहेको
अ’स्पतालका चिकित्सक एके यादवले बताए । ‘घा’इतेको अनुहारमा एसिड परेको छैन,’ उनले भने,‘शरीरको भागमा परेकोले अवस्था ठिक छ । उपचार हुँदै छ ।’
इलाका प्रह’री कार्यालय चन्द्रनिगाहपुरका डीएसपी लिलाराज तिमल्सिनाले एसिड प्र’हार गर्ने
दिपकलाई प’क्राउ गरी अनुसन्धान सुरु गरिएको बताए ।
चन्द्रनिगाहपुर चोकबाट केही पूर्व राजमार्गमै सुनचाँदी पसल सञ्चालन गर्दै आएका बिक
दम्पत्तीको लामो समयदेखि झगडा हुँदै आएको चन्द्रनिगाहपुर प्र’हरीले जनायो ।