गण्डकी प्रदेश महान्यायाधिवक्ता डा. राजेन्द्र घिमिरेले राजीनामा दिएका छन् ।
प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष उनले आज राजीनामा दिएको जनाएका छन् ।
निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले घिमिरेलाई २०७४ फागुन २१ गते महान्यायाधिवक्ता नियुक्त गरेका थिए ।
लमजुङ स्थायी घर भएका घिमिरेले प्रदेश कानुन निर्माणका लागि ३ वर्ष ३ महिना काम गर।
राजीनामा पत्रमा उनले कार्यसम्पादनका क्रममा त्रुटि भएमा माफी मागेका छन् ।
साथै उनले आफ्नो कार्यकालमा सहयोग गर्नेलाई धन्यवाद पनि दिएका छन् ।
युरोकपमा आज राति कुन कुन टिम भिड्दै ?
युरोकप फुटबलमा आज राति पनि तीन वटा खेल हुने भएका छन् ।
नेपाली समय अनुसार पौने सात बजे इंग्ल्याण्ड र क्रोएशिया आमने सामने हुने छन् ।
इंग्ल्याण्डलाई युरोको उपाधि दावेदार टिमको रुपमा हेरिएको छ भने २०१८ मा क्रोएशिया विश्वकपमा उप विजेता भएको टिम हो ।
इंग्ल्याण्ड र क्रोएशिया अहिलेसम्म दशपटक खेल्दा इंग्ल्याण्डले पाँच पटक जित हात पारेको छ भने क्रोएशियाले तीन पटक नतिजा आफ्नो पक्षमा पारेको छ ।
२ खेल बराबरी भएका थिए । यसैगरी राति पौने ९ बजे अस्ट्रिया र नर्थ मेसेडोनिया आमने सामने हुने छन् ।
राति पौने १ बजे नेदरल्याण्ड्स र युक्रेनबीचको खेल हुने छ ।