मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गर्ने भएकाे छ ।
संस्थाले एक सय रुपैयाँ अंकित दरका ५१ हजार ३ सय १६ कित्ता एफपीओ निष्कासन गर्न लागेकाे हाे ।
संस्थाले यसअघि ३७ हजार २ सय ६० कित्ता एफपीओ निष्कासन गर्ने भनेकाे थियाे ।
संस्थाले निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरिसकेकाे छ ।
संस्थाकाे चैत्र १८ गते, बुधबार, पञ्चकन्या बैंन्क्वेट,बनेपा, काभ्रेपलाञ्चाेकमा सम्पन्न भएकाे
दशाैँ वार्षिक साधारण सभाले एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेकाे छ ।
धेरैपछि मनकामना लघुवित्तकाे आइपीओ आउने भयो, कति आवेदन दिने ?
साधारण शेयरमा लगानि गर्न मन पराउनेहरुको लागि अर्को लघुबित्त कम्पनीले शेयर जारी गर्न लागेको छ ।
बिगत केही समय पछि नेपालको पूंजी बजारमा लगानी गर्ने लगानीकर्ता बढीरहेको पाईन्छ।
भर्खर बजार प्रबेस गरेकालाई साधारण शेयरबाट राम्रै आम्दानीको कारण बजारप्रति बिशेष चासो रहेको छ ।
यसै पनि बजारमा साधारण शेयर भनेपछि हानथाप भएर आबेदन दिनेको सख्यांले गर्दा अहिलेको समयमा बिभिन्न बैंक तथा बित्तीय संस्थामा भीड़ बढेको देखिन्छ ।
अहिले १० वटा भन्दा बढ़ी कम्पनीहरुको शेयर जारी गर्न पाइपलाईनमा रहेका छन् ।
यस्तै, एक दर्जन बढी कम्पनीले शेयर जारीको लागि अनुमति माग्न धितोपत्र बोर्डमा आवेदन दिने तयारीमा रहेका छन् ।
जीवन विकास लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, र सयपत्री हाइड्रोपावरले साधारण शेयर जारीको लागि धितोपत्र बोर्डमा आवेदन दिएका हुन् ।
लगानीको अत्याधिक आकषर्णका विच धेरै कम्पनीहरुले शेयर निष्कासन गरिरहेका छन ।
त्यसो त धेरैको हात खालि हुदा लगानी कर्तामा निराश छाएको छ।
कोहि लगानी कर्ता सिधै दोस्रो बजारबाट शेयर खरिद गरेको पनि बजारमा सुन्नमा पाउन सक्छौ।
भुलेर पनि यी माथिका लघुवित्तको शेयरमा हजार रुपैया भन्दा बढीको शेयरमा आवेदन नदिनु उत्तम हुनेछ।
त्यसको सट्टा बरु राम्रा कम्पनी छनोट गरेर दोश्रो बजारमा दिर्घकालिन रुपमा लगानी गर्न सकिने शेयर बिस्लेसक दिपक कार्की बताउनु हुन्छ।