पहिरो गएपछि आइतवार बिहान ६ बजेदेखि बन्द भएको सिद्धार्थ राजमार्ग अहिले एकतर्फी खुलेको छ ।
स्याङ्जा–पोखरा सडक खण्डको भालुपहाडमा बिहान ६ बजे पहिरो खसेपछि सडक बन्द भएको थियो ।
केहीबेर अघिदेखि भने सडक एकतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्र’हरी
प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले दुईतर्फी सडक खुलाउने प्रयास भइरहेको छ ।
भालुपहाडमा सडकलाई चौडा पार्ने काम भइरहेकै बेलामा पहिरो खसेको हो ।
यो सडकले स्याङ्जा,पाल्पा, पोखरा र बुटवललाई जोडेको छ ।