इलाममा अलैंचीको मूल्य निरन्तर उकालो लागिरहेको छ ।
विश्व बजारमा नेपाली अलैंचीको माग र मूल्य दुवै बढेको व्यवसायीहरुको भनाइ छ ।
कोरोनाका कारण गत वर्ष नेपाली अलैंची भारत हुँदै तेस्रो मुलुक निर्यात हुन सकेको थिएन ।
तर, यस वर्ष त्यो अवस्था नभएको इलामका अलैची ब्यबसायी कृष्ण पौडेलको भनाई छ ।
पौडेलका अनुसार अलैंची चलनचल्तीको प्रतिमन ३२ हजार रुपैयाँमा खरिदबिक्री भईरहेको छ ।
गत बर्ष अलैंचीको खपत हुने देशहरू कोभिडले प्रभावित हुँदा त्यसको असर नेपाली अलैंचीमा परेको थियो ।
अलैचीको मुल्य राम्रो पाएपछि किसान समेत खुसी भएका छन् ।
तर यस बर्ष पनि गत साल जस्तै मुल्य नपाइने डरले प्राय धेरै किसानले यस अघि नै भएको अलैची बिक्रि गरिसकेका छन् ।
जिल्लामा गएको वर्ष १६ सय हेक्टर जग्गामा ५ लाख ७६ हजार मेट्रिक टन अलैची उत्पादन भएको सरकारी तथ्याङ्क छ ।
इलाम जिल्लामा अहिले रामसाई, गोलसाई, डम्बरसाई, जिर्मले र भार्लाङ्गे जातको अलैैँची खेती हुदै आएको छ ।