काठमाडौं महानगरपालिकामा को’भिड १९ वि’रुद्धको भेरोसेल खो’प लगाउन पुनः शुरू गरिएको छ ।
जेठ २५ गतेबाट शुरू खो’प अभियान २८ र २९ गते भ्याक्सिन अभाव भएको भन्दै रोकिएको थियो ।
काठमाडौं महानगरले वीर अ’स्पताल, शिक्षण अ’स्पताल महाराजगञ्ज, विरेन्द्र सैनिक अ’स्पताल छाउनी, निजामति कर्मचारी अ’स्पताल नयाँ बानेश्वरलाई खो’प केन्द्र तोकेको छ ।
ती खो’प केन्द्रमा काठमाडौं महानगरपालिकाभित्रका ६०-६१ वर्ष उमेर समूहका व्यक्ति, यसअघि भेरोसेल खो’पको पहिलो मात्रा लगाएका व्यक्ति,
स्वास्थ्यकर्मी, को’रोना सं’क्रमितका प्रत्यक्ष जाँच, उपचार र हेरचाहमा संलग्न चिकित्सा, नर्सिङ र पारामेडिक विद्यार्थीहरुलाई खो’प लगाइने व्यवस्था मिलाइएको छ ।
पाल्पामा निषेधाज्ञा लम्बियो : पाल्पामा आज सम्पन्न भएको डीसीसीएमसीको
बैठकले जिल्लामा को’रोना नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डेका अनुसार जेठ ३१ गते राति १२ बजेसम्मको निषेधाज्ञालाई लम्ब्याएर असार १२ गते राति १२ बजेसम्म पुर्याईएको हो।
खाद्यान्न, बैंक तथा वित्तीय संस्थाहरु निश्चित समयसम्म सञ्चालन गर्ने गरी निषेधाज्ञा लम्ब्याइएको हो।