कोरोना महामारीका कारण लामो समयदेखि रोकिएको आन्तरिक उडान सुचारु गर्नका लागि मन्त्रिपरिषदमा प्रस्ताव लगिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री उमाशंकर अरगरियाले सो प्रस्ताव लगेका हुन् ।
वायुसेवा सञ्चालकहरुको मागअनुसार पर्यटनमन्त्री अरगरियाले स्वास्थ्य–सुरक्षाका सम्पूर्ण प्रोटोकल लागू गरी आन्तरिक उडान सुचारु गर्न प्रस्ताव लगेका हुन् ।
लामो समयदेखि उडान सेवा स्थगित हुँदा आफूहरु मारमा परेको भन्दै वायुसेवा सञ्चालकहरुले गुनासो गर्दै आएका थिए ।
स्पेनलाई स्विडेनको डर : युरो २०२० अन्तर्गत आज मध्यरातमा उपाधि दाबेदार स्पेनले स्विडेनको सामना गर्दैछ ।
प्रतियोगिताकै सबैभन्दा युवा टिमको परिचय बनाएको स्पेनका लागि स्विडेनले कडा चुनौती दिने आकलन गरिएको छ।
नेपाली समयअनुसार मध्यरात पौने एक बजे शुरु हुने भिडन्तमा दुवै टीम पहिलो जितको खोजीमा हुनेछन् ।
स्पेनका कप्तान सर्जिओ बुस्केट टीममा नहुँदा टिमलाई स्वभाविक दबाब हुनेछ ।
बुस्केटलाई कोरोना पोजेटीभ देखिएपछि उनी टीममा हुने छैनन् । उनी अहिले पनि आइसोलेसनमा छन्।
यद्यपि लिड्सका सेन्टर ब्याक डिएगो लोरेन्टको भने कोरोना संक्रमण निको भएपछि टीममा पुनरागमन हुने विश्वास गरिएको छ ।
त्यस्तै युवा स्टार डेजान कुलुसेभस्की र माटीया भानवर्ग पनि कोरोना पोजेटिभ देखिएकाले टीममा हुने छैनन् ।
त्यसैले स्पेनका लागि अनुभवी स्विडेनसँग संयमतापूर्वक खेल्न र जित्न सहज हुने छैन ।
त्यसो त स्विडेनका पनि केही खेलाडी कोरोनाका कारण मैदानमा हुने छैनन् ।
युभेन्टसका विङ्गर डेजान कुलुसेभेस्कीमा कोभिड पोजिटिभ देखिएको थियो भने त्यसअघि नै रक्षक माटिएस स्भानबेर्ग पनि आइसोलेसनमा छन् ।