काठमाडौं इन्भाईरोन्मेन्टल एजुकेसन प्रोजेक्ट (किप) ले को’रोना म’हामा’रीका कारण प्रभावित पर्यटन मजदुरलाई राहत स्वरूप खाद्यान्न वितरण गरेको छ।
आइतबार बिहान बालाजुको वाइपास नजिक पर्यटन क्षेत्रमा आवद्ध ६५ पर्यटन मजदुरका परिवारलाई संस्थाले राहत वितरण गरेको हो।
यसअघि पनि संस्थाले करीब १५० पर्यटन मजदुरका परिवारलाई राहत वितरण गरेको किपका अध्यक्ष तथा पर्यटन व्यवसायी बिमल नकर्मीले जानकारी दिए।
को’रोना म’हामा’रीको सं’क्रमण फैलिएसँगै विश्वभरमा आर्थिक गतिविधि ठप्प भयो। नेपालमा पनि व्यापार व्यवसाय बन्द भयो।
नेपालको प्रमुख पर्यटन क्षेत्र ठप्प हुँदा यसमा आश्रित हजारौं पर्यटन मजदुर बेरोजगार भए।
‘को’रोना म’हामा’रीले करीब एक वर्षदेखि हाम्रो पर्यटन व्यवसाय ठप्प छ।
कामबिहीन पर्यटन मजदुरलाई केही राहत होस् भनेर हामीले विभिन्न दाताको सहयोगमा खाद्यान्न सामाग्री बाँडेका हौ,’ अध्यक्ष नकर्मीले भने।
रसुवा नौकुण्ड गाउँपालिका-६ का पर्यटन मजदुर राम बहादुर नेगी आफ्नो ५ जनाको परिवार पाल्न बिहान २ घण्टा हिँडेर राहत लिन वाइपास पुगेका थिए।
लामो समयको लकडाउन र निषेधाज्ञाले ज्याला मजदुरी गरेर परिवार पाल्न बाध्य उनले आफूले पाएको यो राहत सामाग्रीले कम्तिमा ८-१० थेग्ला भन्ने आशा गरेका छन्।
नेपालको कमजोर पर्यावरण प्रणाली जोगाउन सुरक्षित तथा पर्यावरणीय दिगो पदयात्रा विधिबारे जानकारी दिन तथा इकोटोरिज्म क्षेत्रमा ट्रेसीको सम्झनामा युकेमा ‘ट्रेसी टेलर योङ माउन्टेन ट्रस्ट’ र नेपालमा ‘किप’ को स्थापना भएको थियो।
सन् १९९१ फेब्रुअरीमा दुई युवा ब्रिटिश महिला, जोआन चितेडेन र ट्रेसी टेलर आइलेण्ड पिक आरोहणमा गएका थिए। खुम्बु क्षेत्रका फोहोरको मुद्दा उजागर गर्नुका साथै
नेपालका हिमालय क्षेत्रमा केही समय बिताउने भन्दै उनीहरू नेपाल आएका थिए।
तर हिउँमा चिप्लेर ट्रेसिले ज्यान गुमाइन्। तीनै ट्रेसीको सम्झनामा नेपालको पर्या-पर्यटन क्षेत्रमा केही गर्ने सोचका साथ यो संस्थाको स्थापना भएको हो।
उनीहरूका परियोजनालाई स्टीव पावर्स, वेंडी ब्रेवर लामा र स्वर्गीय डा.चन्द्र गुरुङले साथ दिएका थिए।
यही उद्देश्य र सोचले युकेमा ‘ट्रेसी टेलर योङ माउन्टेन ट्रस्ट’ र नेपालमा ‘किप’ को स्थापना भएको थियो।
संस्थाको स्थापनाकालदेखि शिक्षा, वातावरणीय जागरण, समुदायको समर्थन र पोर्टर क्लोदिङ बैंक जस्ता मुल गतिविधिको विकासमा ‘किप’ निरन्तर लागिरहेको छ।
करीव ३ दशक अगाडि सन् १९९१ मा कोपिलाबाट सुरू भएको किपले आफ्नो प्रभावको क्षेत्र विस्तार गर्दै नयाँ परियोजनाहरुको विकास जारी राख्दै गयो।
आज यो संस्था नेपालमा इको टुरिज्ममा एक अग्रणी गैरसरकारी संस्थाको रूपमा स्थापित भइसकेको छ।
यसले युरोप, अमेरिका र अष्ट्रेलियालगायत अन्तर्राष्ट्रिय संस्थासँग सम्वन्ध बढाउन सफल भएको छ।