दुईदिन देखि जारी वर्षाका कारण लुम्विनी प्रदेशका विभिन्न जिल्लामा बाढी र पहिरोले क्षति पुर्याएको छ ।
बाढीले डाइभर्सन बगाउँदा बुटवल–नारायणगढ सडकखण्ड अन्तर्गत चरंगेमा राजमार्ग अवरुद्व भएको छ ।
बाटो अवरुद्ध हुँदा आपतकालिन अवस्थामा हिडेकाहरु अलपत्र परेका छन् ।
बुटवल पाल्पाको सडकखण्डमा ठाँउठाँउमा पहिरो खसेको छ ।
पहिरो हटाउने र एकतर्फि सडक सुचारु गर्ने काम भैरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
निरन्तरको वर्षाका कारण तिनाउ नदिको बाढी खतराको संकेत पार गरेको छ ।
नदि किनारका वासिन्दालाई सुरक्षित रहन प्रशासनले अपिल गरेको छ । पाल्पाको डुम्रेमा पहिरो खसेको पाल्पा प्रहरीले जनाएको छ ।
साना नदि र कुलाहरुमा समेत ठुलो वाढि आएपछि किसानहरुले राखेको धानको बीउ डुबाएको छ ।
बाढीका कारण बीउ नष्ट भए समयमा धान रोप्न नसक्ने किसानहरुको चिन्ता छ ।
बाढीको अवस्थाको जानकारी लिन आफुहरु पनि फिल्डमा निस्किएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।