बाजुरा जिल्लामा लगातार अविरल वर्षासँगै मनसुन सक्रिय भएपछि खोला तथा नदीमा पानीको बहाव बढ्दै गएकाले
नदी छेउछाउमा बसोबास गर्ने स्थानीयवासीलाई स’तर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बाजुराले आग्रह गरेको छ ।
लगातार वर्षा भइरहेकाले बा’ढीप’हिरो आउने भएकाले नदी छेउछाउ नजान सार्वजनिक सूचनामार्फत आग्रह गरिएको हो ।
मङ्गलवार प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा
अविरल वर्षाले अप्रिय घ’टना घट्नसक्ने भएकाले वि’पद्बाट बच्नका लागि समयमै सतर्कता अपनाउन अपिल गरिएको छ ।
प’हिरोको जो’खिममा रहेका घर तथा बस्तीमा बसोबास गर्ने नागरिकलाई वर्षा धेरै भई
प’हिरोको त्रा’स भएमा नगरपालिका वा गाउँपालिकाले तोकेको सुरक्षित स्थलमा
वा छिमेकीको घरमा जान जो’खिमबाट टाढा रहन आग्रह गरिएको प्रजिअ अधिकारीले जानकारी दिए ।
बाढी, प’हिरोलगायतका वि’पद्का घ’टना हुने आश’ङ्का लागेमा नजिकैको प्र’हरी कार्यालय वा
जिल्ला प्र’हरी कार्यालयको हटलाइन ९८५८४९००५३ वा जिल्ला प्रशासन कार्यालय बाजुरामा रहेको
जिल्ला आ’पत्कालीन कार्यसञ्चालन केन्द्रको टेलिफोन नं ९८६४३१४०६६ र ०९७५४१३१४ मा सूचना दिन प्रजिअ अधिकारीले अपिल गरेका छन् ।