दाङ देउखुरीको राप्ती नदीमा आएको बा’ढीका कारण वेला घाटमा फसेका चार जनाको सकुशल उद्धार गरिएको छ ।
नेपाली से’ना, नेपाल सशस्त्र प्र’हरी र नेपाल प्र’हरीको संयुक्त टोलीद्वारा वेला घाटमा फसेकाहरुको सकुशल उद्धार गरिएको हो ।
लमही नगरपालिका-७ हस्नापुर ४८ निवासी मन्साराम चौधरी, राजपुर गाउँपालिका-२ का ४५ वर्षीया सावित्रा,
त्यही ठाउँ निवासी २६ वर्षीय राधे यादव, राजपुर गाउँपालिका-३ प्रतापपुर निवासी २६ वर्षीय गणेश यादवको झण्डै
१२ घण्टापछि सकुशल उद्धार गरिएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी नीरिक्षक राजीव श्रेष्ठले जानकारी दिनुभयो ।
‘भैंसी चराउन गएको बेलामा राप्तीमा भेल बढ्यो । त्यसपछि उनिहरु फर्कन सकेनन ।
त्यसपछि उद्धारको प्रयास सुरु भयो’ प्रहरी निरीक्षक श्रेष्ठले भन्नुभयो, ‘राति १ बजे सम्मको प्रयास सफल हुन सकेन ।
त्यसपछि बिहान उद्धार थालियो ।’ यस्तै तीन परिवारका १७ ओटा भैंसी टापुमा रहेका छन् ।
श्यामलाल चौधरीले भन्नुभयाे, ‘बाढी कम भयो भने भैंसी ल्याउन जानुपर्छ, सधैं त्यहीँ चराउन जानुपर्छ, यसपालि बाढीले दु:ख दियो ।’