सरकारले असार दोस्रो साताबाट निषेधाज्ञाको मोडालिटीमा केही परिमार्जन गर्ने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा को’भिड–१९ निर्देशक समितिको बुधबार साँझ बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
अत्यावश्यक बस्तुहरुको उत्पादन तथा आपूर्ति सहज बनाउने गरी अहिलेको निषेधाज्ञाको मोडालिटीमा केही परिवर्तन गर्ने निर्णय समितिले गरेको छ।
अब ‘स्मार्ट लकडाउन’ गर्नुपर्ने निष्कर्ष समितिले निकालेको छ।
को’रोना भा’इरस स’ङ्क्रमणको जो’खिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय समितिको बैठकले गरेको हो।
हाल काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा यही असार ७ गते सकिँदैछ।
उपत्यकामा निषेधाज्ञा कायमै राखेर केही क्षेत्र खुला गर्ने निर्णय समितिले गरेको हो।
स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुल्ला गरिनुपर्ने निष्कर्ष समितिले निकालेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
बैठकले को’भिड–१९ निर्देशक समितिले कतार, साउदी अरेबिया, मलेसिया, जापान लगायतका मुलुकमा पुनः हवाई उडान सुरु गर्ने निर्णय गरेको छ।
यी देशहरुबाट सातामा दुई हजार यात्रु नबढ्ने गरी हवाई उडान पुनः सुरु गरिने समितिले जनाएको छ।
त्यसैगरी सिसिएमसी केन्द्रको प्रशासनिक कार्यका लागि बजेट व्यवस्था गर्ने तथा निर्माण क्षेत्र र अत्यावश्यक उद्योगलाई स्वास्थ्य मापदण्ड पालनाका साथ खोल्न दिइनेसमेत निर्णय गरेको छ ।
गैर आवासीय नेपालीहरुबाट पठाइन लागेको अक्सिजन सिलिन्डर ल्याउन हवाई ढुवानी भाडा सरकारले उपलब्ध गराउने एवं
इजरायल सरकारबाट सहयोग स्वरुप दिन लागिएको सघन उपचारमा प्रयोग हुने सामग्री स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ।
बैठकमा प्रधानमन्त्री ओलीले स्वास्थ्य मापदण्डमा कडाइ गर्दै लकडाउनलाई सङ्क्रमणको जोखिम नहुने हदसम्म मात्र खुकुलो गर्न सकिने बताएका थिए।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोरोना संक्रमणदर घट्दै गएकाले अहिलेकै प्रकृतिको निषेधाज्ञा असार ८ पछि नहुने बताए।
‘हाल जारी निषेधाज्ञा असार दोस्रो सातापछि रहँदैन,’ सिडिओ पराजुलीले बिहीबार बिहान नेपालखबरसँग भने, ‘संक्रमण नबढ्नेगरी केही क्षेत्र खुकुलो बनाउने तयारी छ।
अझै तीनचार दिन बाँकी छ, हामी छलफलकै क्रममा छौँ। असार दोस्रो सातापछि अहिलेको भन्दा केही बढी क्षेत्र खुला गरिन्छ।’