कांग्रेसको १४ औं महाधिवेशन सार्ने औपचारिक निर्णय गर्न कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।
आज दिउसो २ बजे केन्द्रीय कार्यालय सानेपामा महाधिवेशन सार्ने निर्णय गर्न केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।
यस अघि सभापति शेरबहादुर देउवाको निवासमा भएको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले महाधिवेशन सार्ने निर्णय गरेको थियो ।
यसलाई अनुमोदन गर्न आज केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।
यस अघि भदौ ७ देखि १० सम्म तोकिएको महाधिवेशन क्रियाशील सदस्यताको विषय नुटुंगिएपछि समयमा नहुने पक्का भएपछि सार्न लागिएको हो ।
महाधिवेशनको नयाँ मिति आगामि भदौ १६ देखि गर्न प्रस्ताव गरिएको छ । त्यस्तै, असार ५ देखि सुरु हुनुपर्ने वडा तहको अधिवेशन साउन ६ देखि गर्न प्रस्ताव गरिएको छ ।
क्रियाशील सदस्यताको टुंगो लगाउन नसकिए कसरी महाधिवेशन गर्ने भन्ने टुंगो लगाउनसमेत कांग्रेसलाई दबाब छ ।
यस अघि पटकपटक पार्टी केन्द्रले ताकेता गरे पनि कतिपय क्षेत्रीय समिति र जिल्लाले सदस्यताको विषय टुंग्याउन सकेका छैनन् ।
अगामि भदौ १९ सम्म महाधिवेशन नभए कांग्रेस अवैधानिक हुनेछ । त्यसैले पनि जसरी पनि महाधिवेशन गर्नैपर्ने दबाब कांग्रेस नेतृत्वलाई छ ।
अहिलेसम्म तीन पटकसम्म कांग्रेसकाे महाधिवेशन सरिसकेकाे छ । कांग्रेसको १४ औं महाधिवेशन सार्ने औपचारिक निर्णय गर्न कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।
आज दिउसो २ बजे केन्द्रीय कार्यालय सानेपामा महाधिवेशन सार्ने निर्णय गर्न केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।
यस अघि सभापति शेरबहादुर देउवाको निवासमा भएको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले महाधिवेशन सार्ने निर्णय गरेको थियो । यसलाई अनुमोदन गर्न आज केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।
यस अघि भदौ ७ देखि १० सम्म तोकिएको महाधिवेशन क्रियाशील सदस्यताको विषय नुटुंगिएपछि समयमा नहुने पक्का भएपछि सार्न लागिएको हो ।
महाधिवेशनको नयाँ मिति आगामि भदौ १६ देखि गर्न प्रस्ताव गरिएको छ । त्यस्तै, असार ५ देखि सुरु हुनुपर्ने वडा तहको अधिवेशन साउन ६ देखि गर्न प्रस्ताव गरिएको छ ।
क्रियाशील सदस्यताको टुंगो लगाउन नसकिए कसरी महाधिवेशन गर्ने भन्ने टुंगो लगाउनसमेत कांग्रेसलाई दबाब छ ।
यस अघि पटकपटक पार्टी केन्द्रले ताकेता गरे पनि कतिपय क्षेत्रीय समिति र जिल्लाले सदस्यताको विषय टुंग्याउन सकेका छैनन् ।
अगामि भदौ १९ सम्म महाधिवेशन नभए कांग्रेस अवैधानिक हुनेछ । त्यसैले पनि जसरी पनि महाधिवेशन गर्नैपर्ने दबाब कांग्रेस नेतृत्वलाई छ । अहिलेसम्म तीन पटकसम्म कांग्रेसकाे महाधिवेशन सरिसकेकाे छ ।