विश्वमा को’रोना सं’क्रमणदर घट्दै गएको छ। यसअघि दैनिक ८ लाखसम्म सं’क्रमित भेटिने गरेकोमा गत २४ घण्टामा ३ लाख ७८ हजार सं’क्रमित भेटिएका छन्।
उच्च सं’क्रमण रहेको भारतमा पनि सं’क्रमण निरन्तर ओरालो लागेको छ।
त्यहाँ हिजो ६२ हजार जनामा सं’क्रमण पुष्टि भएको छ भने १ हजार ३ सय १० जनाले ज्या’न गु’माएका छन्।
अहिले सं’क्रमण दर बढी देखिएको ब्राजिलमा २४ घण्टामा ७४ हजार ३ सय सं’क्रमित थपिँदा २ हजार ३ सय ३५ जनाको मृ’त्यु भएको छ।
कोलम्बियामा ३० हजार, अर्जेन्टिनामा २३ हजार ७ सय, रसियामा १४ हजार, वेलायतमा ११ हजार र अमेरिकामा १० हजार नयाँ सं’क्रमित थपिएका छन्।
कोलम्बियामा ५ सय ९६, अर्जेन्टिनामा ५ सय २८, रसियामा ४ सय १६ र अमेरिकामा २ सय ७६ जनाले हिजो एकैदिन ज्या’न गु’माएका छन्।
यसैबीच, अष्ट्रेलियाले अस्ट्राजेनेका खो’प ६० वर्ष माथिकालाई मात्रै लगाउने भएको छ। यसअघि यो खो’प ५० वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई दिइन्थ्यो।
गत साता अस्ट्राजेनेका खो’प लगाएकी एक ५२ वर्षीया महिलाको मस्तिष्कमा रगत जमेका कारण मृ’त्यु भएपछि सरकारले खो’प लगाउने उमेर बढाएको हो।
स्वास्थ्य मन्त्री ग्रेग हन्टले नयाँ घोषणा गर्दा कुनै वैज्ञानिक तथ्यमा आधारित भएर नगरिएको बताउँदै सरकारले सचेतता अपनाउन चाहेको स्पष्ट पारेका छन्।
अस्ट्रेलियाले ५० देखि ५९ वर्षको उमेरका व्यक्तिलाई सरकारले स्वीकृत गरेको फाइजर खो’प लगाउन सिफारिस गरेको छ।