असार ११ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ ।
यसले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न लागेको हो ।
यस लघुवित्तले १०० रुपैयाँ दरको १९ लाख ७७ हजार ३ सय कित्ता आइपीओ बिक्री गर्न लागेको हो ।
यसमध्ये जारी पुँजीको ०.५% आर्थत् ३० हजार ४२० कित्ता कर्मचारी
र कुल निष्कासनको ५% अर्थात् ९८ हजार ८६५ कित्ता म्युचुअल फन्डको लागि छुट्याएको छ ।
बाँकी १८ लाख ४८ हजार १५ कित्ताको लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।
आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिनेछ ।
यस आइपीओमा असार १५ गतेसम्म आवेदन दिन सकिन्छ ।
उक्त समयमा आइपीओ बिक्री नभएमा असार २५ गतेसम्म आवेदन दिन कम्पनीले जनाएको छ ।
सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिन्छ ।