जिल्लाको सर्केगार्ड गाउँपालिकाको केन्द्रमा रहेको सायाँ स्वास्थ्यचौकीमा सिटामोलसमेत अ’भाव भएको छ ।
दैनिक २० देखि २५ जनासम्म रुघाखोकी र ज्वरोका बि’रामी आउने गरेको सायाँ स्वास्थ्यचौकीमा सिटामोल अभाव भएको हो ।
स्वास्थ्यचौकीमा सामान्य सिटामोलसमेत नहुँदा बि’रामीहरू खाली हात घर फर्किन बाध्य भएका छन् ।
गाउँपालिका केन्द्रकै स्वास्थ्यचौकी भएकाले सम्पूर्ण वडाबाट बि’रामी आउने गरेको सायाँ स्वास्थ्यचौकी सर्केगार्डले जनाएको छ ।
रुघाखोकी, कपाल दुख्ने, शरीर दुख्नेलगायतका बि’रामी स्वास्थ्यचौकीमा आउने गरेको सायाँ स्वास्थ्यचौकीमा प्रमुख किरण बुढाथोकीले जानकारी दिए ।
‘गाउँपालिकाले भर्खरै औषधि खरिद गरेको हो, स्वास्थ्यचौकीमा सिटामोल अभाव छ,’ स्वास्थ्य प्रमुख बुढाथोकीले बताए ।
अन्य बि’रामीका लागि औ’षधि अलिअलि भएको र चाहिने मात्रामा औ’षधि नभएको स्वास्थ्य प्रमुख बुढाथोकीको भनाइ छ ।
‘औ’षधि अभाव हुँदा गाउँपालिकाबाट माग गर्छौँ । अहिले गाउँपालिकामा पनि औ’षधि पर्याप्त मात्रामा छैन भन्नुहुन्छ,’ उनले भने ।
सर्केगार्ड गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीका अनुसार २५ लाखको औषधि खरिदमा पहिल्यै टेन्डर भइसकेको थियो ।
सामान्य रूपमा गाउँपालिका सबै स्वास्थ्य संस्थामा हल्का हल्का औ’षधि भएको बताए ।
गाउँपालिकाको स्टोरमा थोरै औ’षधि छ । सिटामोल अभाव भएको उनले स्वीकार गरे ।