काठमाडौं– सिन्धुपाल्चोकको मेलम्ची नदीमा शुक्रबार राति फेरि आएको बाढीले हेलम्बु गाउँपालिकाको प्रहरी चौकी बगाएको छ।
गत मंगलबारबाट निरन्तर आइरहेको बाढी शुक्रबार राति पुन: बढेसँगै जोगिएका संरचना बगाउन थालेको हो।
शुक्रबार राति आएको बाढीले हेलम्बु गाउँपालिकाको प्रहरी चौकी बगाएको हो।
हेलम्बु गाउँपालिकाअन्तर्गत ग्यालथुमको इस्ट पोइन्ट एकेडेमी पनि बाढीले बगाएको छ भने तालामाराङको
तेस्रे माविको धेरै भाग बाढीले बगाएको छ। त्यस्तै मेलम्ची खोलामा आएको बाढी हेलम्बुको चनौटे बजारमा रहेको रातो पुलमा क्ष’ति पुर्याएको छ।
मंगलबारको बाढीले जोगिएका संरचना बगाउने र जमिन कटान गर्न थालेसँगै स्थानीय थप त्रसित बनेका छन्।
मंगलबार बाढीले जोगिएको हेलम्बु गाउँपालिकाको तिम्बु बजार, चनौटे, ग्याल्थुम, किउल,
तालामाराङ लगायतका क्षेत्र नराम्रोसँग प्रभावित भएको छ भने मेलम्ची बजारसहितको क्षेत्रमा शुक्रबारको बाढीले पनि थप कटान गरेको हो।
मेलम्चीको पुरानो बजारमा केन्द्र बनाएर अहिले इन्द्रावती नदी बगिरहेको छ।
मेलम्ची र इन्द्रावती नदी तटिय क्षेत्रका कयौं घरहरु बगेका छन् भने सग्ला रहेका घरहरुमा बालुवा र लेदो भरिएको छ।
खेतहरु बगरमा परिणत भएका छन्। मेलम्ची र हेलम्बु क्षेत्रका अधिकांश पुल,
रिसोर्ट, ट्राउट सेन्टर, फार्महरुको नदीले बगाएको छ। बजार क्षेत्रका घरहरुमा तीन तलासम्म बालुवाले पुरिएका छन्।
बाढीले सबैभन्दा बढी प्रभावित बनेको हेलम्बु गाउँपालिका बनेको छ।
बाढीले भौतिक संरचनासहित मानवीय क्ष’तिसमेत भएको छ।
मेलम्ची–इन्द्रावती नदीमा आएको बाढीका कारण २० जना बे’पत्ता भएकामध्ये १२ जना हेलम्बु गाउँपालिकाका छन्।