आज वर्षकै सबैभन्दा लामो दिन पनि हो । आज एकै साथ दुई वटा दिवस मनाइन्छ ।
जून २१ का दिन अन्तर्राष्ट्रिय योग दिवस तथा अन्तर्राष्ट्रिय संगीत दिवस मनाउने गरिन्छ ।
संगीतले मानव जीवनमा पार्ने सकारात्मक प्रभाव र यसको महत्व स्मरण गर्दै हरेक वर्ष जून २१ तारिखका दिन विशेष सांगीतिक कार्यक्रम गरी विश्व संगीत दिवस मनाइन्छ ।
संगीत दिवसको सुरुवात सन् १९८२ मा फ्रान्सबाट भएको मानिन्छ ।
संगीतलाई जनमानसमा फैलाउने उद्देश्यले विश्वका १ सय १० भन्दा बढी देशमा संगीत दिवसको औपचारिक कार्यक्रम हुँदै आएको छ ।
फ्रान्सका तत्कालीन संस्कृति मन्त्री ज्याक ल्याङले सन् १९८१ मा सर्वप्रथम विश्व संगीत दिवस मनाउने अवधारणा सार्वजनिक गरेका थिए ।
त्यसअघि अमेरिकाकी संगीतकार योएल कोहेनले सन् १९७६ मा यो दिवस मनाउने कुरा चलाएका थिए ।
उक्त वर्ष फ्रान्समा मात्र मनाइएको विश्व संगीत दिवस बिस्तारै विश्वभर नै मनाउन थालिएको हो ।
लामो दिन कसरी बिताउने भन्ने जिज्ञासाको समाधान खोज्ने क्रममा संगीत सुनेर बिताउनु उपयुक्त हुन्छ भन्ने मान्यताले पनि यो दिवसको जन्म भएको मान्नेहरू धेरै छन् ।
त्यसै पनि संगीत विश्वव्यापी भाषा मानिन्छ । विश्वव्यापी भाषा भएकैले नेपालमा पनि विश्व संगीत दिवस मनाउन थालिएको छ ।
मादल, सारंगी, धिमे, ढोलक, टुङ्गना, बाँसुरी, बिनायो जस्ता मौलिक बाजाहरूले नेपाली संगीत क्षेत्रलाई समृद्ध बनाएको छ ।
नेपालमा २०५४ सालदेखि विश्व संगीत दिवस मनाउन थालिएको हो ।
यद्यपि, कोरोना भाइसको संक्रमणको जोखिमका रण यो वर्ष तथा गत वर्ष अन्तर्राष्ट्रिय दिवस धुमधामका साथ मनाउन पाइएको छैन ।