एजेन्सी । फ्रान्स फुटबल टिमका फरवार्ड उसमान डेम्बेलेले युरो कपका बाँकी खेलहरु गुमाउने भएका छन् ।
चोटका कारण उनी यस युरो कपबाट बाहिरिएका हुन् ।
फ्रान्सेली फुटबल महासंघले सोमबार डेम्बेले युरो कपबाट बाहिरिएको बताउँदै उपाधिको महत्वकांक्षामा ध’क्का लागेको उल्लेख गरेको छ ।
शनिबार समूह एफमा फ्रान्सले हंगेरीसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो ।
सो खेलमा डेम्बेले दोस्रो हाफमा मैदान छिरेका थिए । उनले मैदान छिर्ने बित्तिकै चोट बोके ।
घुँडामा चोट बोक्दै उनी खेल्न नसक्ने भएका थिए । प्रशिक्षक डेसचेम्पसंग अझै आ’क्रमण गर्ने खेलाडीको विकल्प छ ।
एन्टोनी ग्रिजम्यानदेखि करिम बेन्जिमा, केलियन एम्बाप्पे फ्रान्सेली टिममा छन् ।
यस्तै ओलिभर जिराउड, किंग्सले कोम्यान र विसाम विन यदर टिममा समावेश रहेकाले डेम्बेलेको अनुपस्थितीले फ्रान्समा त्यती क्षति पुग्ने देखिँदैन ।
फ्रान्स समूह एफमा ४ अंक सहित शीर्षस्थानमा छ । उसले समूह चरणको अन्तिम खेलमा बुधबार पोर्चुगलसँग खेल्दैछ ।