हिमाली जिल्ला मनाङको विकट नार्पाभूमि गाउँपालिकामा हेलिकप्टरमार्फत को’रोना सं’क्रमण विरुद्धको खोप पु¥याइएको छ ।
मनाङबाट निर्वाचित प्रतिनिधि सभा (विघटित) सदस्य पोल्देन छोपाङ गुरुङले राहत सामग्री
बोकेर ल्याएको नेपाली सेनाको हेलिकप्टरमा खोप लगिएको हो।
सदरमुकाम चामेबाट हिँडेर दुई दिनमा पुगिने विकट नार र फू गाउँका नागरिकका लागि खोप पु-याइएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले बताए।
उनका अनुसार चार हजार मिटर उचाईमा रहेको फू गाउँ र चार हजार २८५ मिटर उचाई
रहेको नार गाउँमा खोप पुगेको छ । कोरोना विरुद्धको खोप लगाउन छुटेका नागरिकलाई
लक्षित गरी खोप लगिएको बताए। खोप पाउनु नागरिकको अधिकार भएकाले अधिकारको सुनिश्चित गर्दै आफैं खोप लिएर गएको आचार्यले बताए।
१८ वर्ष उमेर माथिका सबैलाई खोप लगाइने स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।
‘नार्पाभूमि गाउँपालिका मनाङकै विकट गाउँपालिका हो ।
अहिले झन् बाढीका कारण धेरै ठाउँमा बाटो अवरुद्ध छ ।
सवारी साधन चलेको छैन’ उनले भने, ‘बाटो अवरुद्ध भएपनि
नागरिकले खोप पाउनुपर्छ भनेर हेलिकप्टरमार्फत खोप पु¥याएको हौं ।
सोमबारबाटै खोप लगाउन सुरु भएको छ ।’
पहिलो मात्राको खोप लगाएको र विभिन्न कारण दोस्रो मात्राको खोप
नलगाएका १ सय ९० जना र पहिलो मात्रा नै नलगाएका १ सय ५० जनाले खोप लगाउन पाउनेछन् ।
सबैले खोप लगाउन पाउने गरी व्यवस्था गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले नारमा २८ भायल कोभिसिल्ड र फू मा ३ भायल कोभिसिल्ड र ६० भायल भेरोसेल हेलिकप्टरमार्फत पु-याएको बताए। गाेरखापत्रबाट।