साउथका सुपरस्टार थलापति विजय आज आफ्नो जन्मदिन मनाउँदैछन् ।
उनको जन्मदिनको अवसरमा उनको ६५ औं चलचित्रको घोषणा गरिएको छ ।
विजयको नयाँ चलचित्र ‘बिष्ट’को घोषणा गरिएको छ, जसमा उनले एक सय करोड पारिश्रमिक लिएका छन् ।
सन् १९७६ जुन २२ तारिखमा चेन्नई तमिलनाडुमा जन्मिएकी विजयले चलचित्र करिअरमा थुप्रै रेकर्ड राखेका छन् ।
५० प्रतिशत अकुपेन्सीमा हल खुलेको समयमा उनी अभिनित चलचित्र ‘मास्टर’ रिलिज भएको थियो, जसले बक्स अफिसमा नयाँ रेकर्ड कायम गरेको थियो ।
यो चलचित्रले विश्व बजारबाट २ सय करोड कमाई गरेको थियो ।
विजयले साउथका सुपरस्टार रजनीकान्तको भन्दा बढी पारिश्रमिक लिएका छन् ।
रजनीकान्तले चलचित्र ‘दरबार’का लागि ९० करोड पारिश्रमिक लिएका थिए ।
विजयले ‘थलापति ६५’का लागि एक सय करोड पारिश्रमिक लिएका छन् ।
विजयको वास्तविक नाम विजय चन्द्रशेखर हो । तर, उनी थलापति नामले चर्चित छन् ।
विजयका पिता चन्द्रशेखर कलिउडका चर्चित निर्देशक हुन् ।
विजयले आफ्ना पिताको १५ चलचित्रमा काम गरेका छन् ।
जसमा, उनले ६ चलचित्रमा बाल कलाकारको रुपमा काम गरेका छन् ।
१८ सालको उमेरमा विजयले ‘नालैथ्या थीरपु’बाट डेब्यू गरेका थिए ।