स्याङजाका मित्र काफ्लेले क्यानडामा उत्कृष्ट नागरिक सम्मान पाएका छन्।
विषम परिस्थितिमा पनि समुदायमा पुर्याएको योगदानको कदर गर्दै काफ्लेले अन्टरियो प्रान्त अन्तरगतको व्रम्टन सहरको उत्कृष्ठ नागरिक सम्मान पाएका हुन।
कोभिड १९ को समयमा ब्रम्टन समुदायलाई पुर्याएको सहयोगको मुल्याङ्कन गर्दै नगर प्रमुख प्याट्रिक ब्राउन्लले काफ्लेलार्ई शनिबार उत्कृष्ट नागरिक सम्मान गरेका हुन्।
क्यानेडेली सरकारले उनी लगायत अन्य देशका ७ जनालाई सम्मान गरेको हो।
वालिङ नगरपालिका १ मा जन्मेका उनी झण्डै ११ वर्षदेखि क्यानडामा बस्दै आएका छन्।
४८ वर्षीय काफ्ले विभिन्न सामाजिक कार्यमा सक्रिय छन्।
क्यानडाको विकास र प्रगतिलाई गहन अध्ययन गरेका काफ्लेलाई ब्रम्टन सरकारले उत्कृष्ट
नागरिक सम्मान गर्नुले समग्र नेपाल र नेपालीको सम्मान भएको वालिङ्का केदार काफ्लेको भनाइ छ।
उनले भने, ‘काफ्लेले उत्कृष्ट नागरिकको सम्मान पाउनु अन्तर्राष्ट्रिय क्षेत्रमै नेपालीको पहिचान झल्काएको छ।’
क्यानडामा उद्यमी, राजनीतिक तथा समाजसेवीको रुपमा परिचित काफ्ले सामाजिक, एवं सामुदायिक कार्यकर्ता, मानव अधिकार तथा नागरिक अधिकारको क्षेत्रका विज्ञ पनि हुन।
पछिल्लो समय उनले नेपालमा ‘गिड्स इन नेपाल–बिल्डिङ सेफ एण्ड हेल्दी’ नामक गैरसरकारी संस्थाबाट स्थापनागरी सक्रियता बढाएका छन्।
नेपालमा मानव अधिकार, महिला ससक्तिकरण, बाल अधिकार, अन्तरदेशीय मानव तस्कर न्युनिकरणका क्षेत्रमा काम गर्ने उनले जनाए।