भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले को’रोना सं’क्रमितको निःशुल्क उ’पचार गर्ने भएको छ ।
पालिकाको पाँचौँ नगरसभाले उक्त निर्णय गरेको हो ।
नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार वडाको सिफारिसमा नेपाल-कोरिया मैत्री नगरपालिका अ’स्पतालमा पिसिआर परीक्षण निःशुल्क गर्न पाइनेछ ।
बोडेस्थित कृषि विकास बैंक तालिम प्रतिष्ठान केन्द्रमा सञ्चालित आइसोलेसन केन्द्रमा अक्सिजनसहितको
प्राथमिक उपचारको व्यवस्था र नगरभित्रका गरिब असहायको को’रोनाको निःशुल्क उपचार तथा खो’प खरिदमा प्राथमिकता दिइने भएको छ ।
त्यसका लागि नगरबासीलाई सम्बन्धित वडा कार्यालयको सिफारिस आवश्यक पर्नेछ ।
नगरसभाले वडास्तरीय बजेटबाटै लक्षित वर्गका कार्यक्रम सञ्चालन गर्ने, विद्यालयका छात्रालाई निःशुल्क स्यानेटरी प्याड उपलब्ध गराउने
मापदण्ड पूरा भएका विद्यालयलाई कक्षा १ देखि ९ सम्म कक्षा सञ्चालन गर्न अनुमति दिने, उपभोक्ताको काम-कारबाही पारदर्शी र
नतिजामूलक बनाउन उपभोक्ता समिति गठन, सञ्चालन र व्यवस्थापनसम्बन्धी कार्यविधि बनाई सञ्चालनमा ल्याउनेछ ।