नेपाल टेलिकमको मोबाइलमा देखिएको फोन नलाग्ने समस्या हटेको छ।
आज बिहानैदेखि देशैभर फोन नलाग्ने समस्या देखिएको थियो।
समस्या देखिएपछि टेलिकमले मर्मत थालेको थियो।
टेलिकमका डेपुटी म्यानेजर तिलक शर्माले दिएको जानकारीअनुसार
बिहान ६ बजेदेखि साढे ८ बजेसम्म नेटवर्कमा देखिएको समस्या अहिले समाधान गरिसकिएको छ।
‘कल आवागमनमा समस्या थियो, मर्मतपछि समाधान भइसक्यो,’ उनले भने।
टेलिकमले सिष्टममा समस्या भएको बताए पनि के कारणले देशैभर एकैपटक यस्तो समस्या देखिएको भन्नेबारे खुलाएको छैन।
जर्मनी र पोर्चुगलको खेल सबैभन्दा रोमाञ्चक मैले फुटबल प्रतियोगिताहरू फलो गर्न थालेको सन् १९९४ मा अमेरिकामा भएको विश्वकपदेखि नै हो ।
त्यसवेला इटालीको रोवर्टो ब्राजियोको खेल शैलीबाट म निकै प्रभावित भएको थिएँ । त्यही वेलादेखि नै इटालीको समर्थक बने ।
१९९४ को विश्वकपमा नेपालमा टेलिभिजनको क्रेज त्यति धेरै थिएन । कलेज पढ्दाको समयजस्तो लाग्छ । हामीले भने होस्टलमै बसेर विश्वकप हेरेको सम्झना छ ।
जारी युरोकप २०२० मा भने इटालीको खेल विशेष गरी फलो गरिराखेको छु । इटालीले समूह चरणमा एक गोल पनि बेहोरेको छैन ।
इटालीको खेल्ने शैली फरक छ । इटालीको टिम संरचना हेर्दा योपटक इटालीले नै युरोकप ट्रफी उचाल्छ जस्तो लाग्छ ।
जर्मनी, फ्रान्स, नेदरल्यान्ड्स, इंग्ल्यान्ड र बेल्जियमले समूह चरणमा राम्रो खेल खेलिरहेका छन् ।
उनीहरू पनि उपाधिका दाबेदार नै हुन् । लगभग नकआउट चरण खेल सुरु हुन लागेको छ । उत्कृष्ट टोली नै दोस्रो चरण पुग्नेछन् ।
जर्मनीको एट्याकिङ र फ्रान्सको सन्तुलित टोली र बेल्जियमको स्टार खेलाडीको प्रदर्शन रुचाइरहेका छन् ।
समयले भ्याएसम्म प्रायः सबै गेम हेर्ने गरेको छु । १६औँ संस्करणको युरोकपका हरेक खेल प्रतिस्पधात्मक रूपमै भइरहेको छ ।
विगतको अनुभवअनुसार यसपटकको युरोकप विश्वकपमा भन्दा पनि बढी क्रेज भएको पाएँ ।
रोमाञ्चकता र प्रतिस्पर्धात्मक भरिएको युरोकपले विश्वकपको क्रेजलाई केही पछाडि धलेको जस्तो लाग्छ ।
अहिलेसम्म मज्जा लागेको गेम नै पोर्चुगल र जर्मनीको हो ।
डेनमार्कका एरिक्सन सुरुकै खेलमा अचेत भई मैदानमा ढल्न पुगे । सम्पूर्ण विश्वले नै उनको जीवन रक्षाका लागि प्रार्थना गरे ।
यसबाट फुटबलको माध्यमबाट विश्वमा के सन्देश दिएको छ, फुटबलले सबैलाई माया गर्छ । एक समर्थकले विपक्षी टोलीका खेलाडी भए पनि उनीप्रति सद्भाव र प्रेम उत्तिकै राख्छन् भन्ने सन्देश दिएका छन् ।
‘डिसहोम अरू च्यालनभन्दा अलि छिटो छ’
हामीले डिस मिडिया नेटवर्क लिमिटेडको एक्सन स्पोट्र्स टेलिभिजन च्यानलमार्फत नेपालभरका खेल प्रेमीहरूलाई युरोकप २०२० को मनोरञ्जन दिइरहेका छौँ ।
डिसहोममा नेपाली वा अंग्रेजी कमेन्ट्री सुन्न चाहनेहरूलाई दुवै सुविधा छ । सहरी भेगमा अंग्रेजी कमेन्ट्री नै रुचाएको पाएका छौँ ।
तर, गाउँको कुनाकाप्चासम्म फुटबल समर्थकहरूले नेपाली कमेन्ट्रीसँगै फुटबलको मज्जा लिएका छन् ।
डिसहोमको एउटा फाइदा भनेको यसमा छिटै गोल हेर्न पाइन्छ । अन्य च्यानलभन्दा एक्सन स्पोट्र्स केही सेकेन्ड छिटो छ ।
अंग्रेजीको केमेन्ट्री डिसहोमकै रियालिटी च्यानलबाट प्रसारण भइरहेको छ । हामीले युरोकपसँगै बिहान ब्राजिलमा सञ्चालन भइरहेको कोपा अमेरिका पनि रियालिटी च्यानलबाटै देखाइरहेका छौँ ।
मलाई लाग्छ, नेपालमा खेलकुदको एक अलग च्यानलको अभाव एक्सन स्पोट्र्सले पूरा गरेको जस्तो छ ।
हाम्रो लक्ष्य राष्ट्रियदेखि अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता लाइभ देखाएर
नेपाली तथा विदेशमा रहेका नेपाली दाजुभाइहरूलाई मनोरञ्जन प्रदान गर्नु नै हो । पछिल्लो समय हामीले यसको अभ्यास पनि गरेका छौँ ।