एजेन्सी – पार्मा फर्कने गोलकिपर जियालुइजी बुफोनको निर्णयले विश्वका फुटबल प्रेमीहरुलाई सुखी बनाएको थियो ।
हाल इटालीको दोस्रो श्रेणीमा खेल्न लागेको पार्मा उनको खेल जीवनको पहिलो क्लब हो ।
इटालीका महान गोलकिपर बुफोन यस ट्रान्सफर विन्डोमा बार्सिलोनासँग सम्झौताको नजिक पुगेका थिए ।
तर, दोस्रो रोजाईको गोलकिपर हुनका लागि उनी क्याम्प नोउ नजाने निर्णयमा पुगे ।
जर्मनीका मार्क आन्द्रे टेर स्टेगन बार्सिलोनाका पहलिो रोजाईका गोलकिपर हुन् ।
बार्सिलोना जानु स्वतः दोस्रो रोजाईको गोलकिपर हुनु बोफोनलाई राम्रो जानकारी हुने नै भयो ।
‘मलाई दुई ठूला प्रस्ताव थिए । तर म फेरि वैकल्पिक हुन चाहन्न ।
म दोस्रो रोजाईको गोलकिपर हुँदा थाकिसकेको छु,’ पार्माले सर्वाजनिक गरेको कार्यक्रममा उनले भने, ‘युभेन्ट्समा पनि त्यहि भयो ।
तर इमान्दार भएर भन्नुपर्दा म फेरि त्यहि दोहोर्याउन चाहन्न । जस्तो पछिल्लो दुई सिजन त्यहि भयो ।’
च्याम्पियन्स लिग खेल्ने अन्य टोलीबाट प्रस्ताव आएपनि आफू पार्मामै खुसी रहने जनाउँदै बुफोनले भने, ‘पार्मासँग मेरो भावनात्मक सम्बन्ध छ ।
माथिल्लो स्तरको खेल्नका लागि भावनाको पनि अर्थ हुन्छ ।
अरु टोलीले भन्दा त्यो मलाई पार्मामा मिल्छ’, उनले भने, ‘पार्माको चासोबाट म खुसी छु ।
म यहाँ घर आएको महसुस गर्छ । मलाई यो ठाँउ मन पर्छ ।’
४३ वर्षे गोलकिपरले पार्मासँग २ वर्षको सम्झौता गरेका हुन् ।
पार्मा गत सिजन सिरि एबाट बीमा घटुवा भएको थियो ।
बुफोनले युभेन्टस छाडेर पिएसजी पुगेपनि त्यहाँ अपेक्षित अवसर नपाउँदा गत सिजन युभेन्टस नै फर्किए ।
उनले युभेमा पनि निकै कम अवसर पाएपछि पार्मा जाने निर्णय गरे ।