जेठ १ गतेबाट कार्यान्वयनमा ल्याइएको सवारी लाइसेन्सको नयाँ ढाँचाअनुसारको लिखित परीक्षाका नमूना प्रश्नपत्र सार्वजनिक भएको छ ।
यातायात व्यवस्था विभागले दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) को लिखित परिक्षामा सोधिने प्रश्नको नमूना सार्वजनिक गरेको हो ।
वर्ग ‘क’ मा पर्ने मोटरसाइकल, स्कुटर,मोपेड तथा वर्ग ‘ट’ अन्तर्गतका स्कुटर र मोपेडको
सवारी चालक अनुमतिपत्रका लागि लिइने लिखित परिक्षाको वस्तुगत प्रश्नोत्तर संग्रहको परिमार्जितस्वरुप २०७८ सार्वजनिक भएको हो ।
नमूना प्रश्नोत्तर संग्रहमा ५ सय वटा प्रश्न छन् । चालक अनुमतिपत्रको लिखित परिक्षा सोही प्रश्नहरुमध्ये २० वटा सोधिने बताइएको छ ।
एउटा प्रश्न पाँच अंकको हुने छ । उत्तीर्ण हुन ८० अंक अर्थात कम्तिमा १६ वटा प्रश्नको सही जवाफ दिनुपर्ने विभागले जारी गरेको नयाँ प्रावधानमा उल्लेख छ ।
सोबमोजिम मोटरसाइकल तथा स्कुटरको ट्रायल परीक्षालाई पनि केही खुकुलो बनाइएको छ ।
प्रयोगात्मक परीक्षाका लागि विभिन्न सूचकमा एक सय अंकको पूर्णाङ्क तोकिएको छ । त्यसमध्ये ७० अंक ल्याउने व्यक्ति उत्तीर्ण हुनेछ ।