काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत करार सेवामा कार्यरत प्राविधिक इञ्जिनियरहरुलाई
हचुवाको तालमा सरकारले हटाउने तयारी गरेको विरोधमा आन्दोलन चर्किएको छ ।
आज माइतीघरमा भेला भएका सयौं इञ्जिनियर प्रहरी हिरासतमा पुगेका छन् ।
देशका ३२ जिल्लामा कार्यरत यी प्राविधिक कर्मचारीलाई कोरोनाको भ’यावह अवस्थामा
बेरोजगार बनाउने नियत सरकारको देखिएको भन्दै आजैका मितिबाट सामुहिक राजीनामा समेत बुझाएका छन् ।
आज लगभग एक सय इञ्जिनियर पक्राउ गरिएको छ ।
निषेधाज्ञाको अवस्थामा समेत रोजगारी गुमाउनुपर्ने अवस्था आएकाले वाध्य भएर आन्दोलनमा उत्रिएको उनीहरुले बताएका छन् ।
२०७२ सालमा गएको भूकम्पबाट भएको क्षतिग्रस्त भवन पुनर्निमार्णका लागि
स्थापित राष्ट्रिय पुनर्निर्माण आयोजना यही असार मशान्तबाट पूरा हँुदै छ ।
तर अधिकांश जिल्लामा काम पूरा भएको छैन । धेरै लाभग्राहीले घर निर्माण गरिरहेका छन् । कोरोना कहरले धेरै काम प्रभावित भएको छ ।
यसैबीच हिजो नै राष्ट्रिय निर्देशक समितिको बैठक बसी आयोजनाको काम बाँकी रहेकाले चार महिना थप्ने निर्णय गरेको छ ।
यसरी थपिएपनि कर्मचारी भने सबै नराख्ने सहमति भएको छ । कर्मचारी राख्दा एउटा क्राइटेरिया बनाइने भनिएको छ ।
तर पहुँचवालाले मात्रै आफ्ना मान्छेको करारलाई निरन्तरता दिने त्रा’श देखिएको छ ।
त्यसका विरुद्ध नै आन्दोलन गरिएको बताएको छ । आन्दोलनकारीले भोलि फेरि सिंहदरबार घेर्ने कार्यक्रम बनाएका छन् ।