काठमाडौं – यो साताा विभिन्न ५ वटा कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा सूचीकृत भएको छ ।
नेप्सेकका अनुसार एउटा कम्पनीको बोनस सेयर, एउटा कम्पनीको हकप्रद सेयर, २ वटा म्युचुअल फण्ड र एउटा बैंकको ऋणपत्र यस साता नेप्सेमा सूचिकृत भएको हो ।
सूचिकृत हुने कम्पनीमा प्रभु क्यापिटल लिमिटेडकोे प्रभु सेलेक्ट फण्ड, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड,
सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, कामना सेवा विकास बैंक लिमिटेड र एनआईबिएल समृद्धि फण्ड–२ को सेयर नेप्सेमा सूचिकृत भएकोे छ ।
प्रभु सेलेक्ट फण्डको १२ करोड ५० लाख कित्ता इकाई सोमबार नेप्सेमा सूचीकृत भएको हो ।
फण्डले दोस्रो बजारमा कारोबारको लागि एक्ँ सिम्बोल प्रदान गरिएको छ ।
प्रभु क्यापिटल लिमिटेडले जेठ ५ गते, बुधबारदेखि जेठ ९ गते, आइतबारसम्म प्रभु सेलेक्ट फण्ड नामक
सामुहिक लगानी कोष बिक्री खुल्ला गरेको थियो । माग भन्दा झण्डै २ गुणा बढी आवेदन परेपछि फन्डको आकार बढाएर १२ करोड ५० लाख इकाई बनाइएको हो ।
नेपाल इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस बापतको ९ लाख २० हजार २ सय ५०.७९ कित्ता सेयर
मंगलबार नेप्सेमा सूचिकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका
शेयरधनीहरूलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २ प्रतिशत नगद गरि कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
सारथी नेपाल लघुवित्तको ४ हजार एक सय ९९ कित्ता हकप्रद सेयर पनि मंगलबार नै नेप्सेमा सूचिकृत भएको हो ।
उक्त सेयर संस्थाले लिलामी मार्फत् बिक्री गरेको पुरानो हकप्रद हो ।
कामना सेवा विकास बैंक लिमिटेडको १० लाख कित्ता ऋणपत्र बुधबार नेप्सेमा सूचिकृत भएको हो ।
‘९ प्रतिशत कामना सेवा विकास बैंक डिबेञ्चर २०८७’ को १० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।
त्यसैगरी, एनआईबिएल समृद्धि फण्ड–२ को १५ करोड इकाई शुक्रबार नेप्सेमा सूचिकृत भएको हो ।
फण्डले दोस्रो बजारमा कारोबारको लागि सिम्बोल प्रदान गरिएको छ । अब आइतबारदेखि दोस्रो बजारमा कारोबार सुरू हुनेछ ।
एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी एनआईबिएल एस क्यापिटलले वैशाख १३ गते,
सोमबारदेखि वैशाख १६ गते, बिहीबारसम्म प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।
जसमध्ये कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडलाई २० प्रतिशत अर्थात् २ करोड ४० लाख इकाई सुरक्षित
गरी बाँकी रहेको ९ करोड ६० लाख इकाई सर्वसाधारणलाई खुल्ला गरिएको थियो ।
६४ हजार ४८३ जना आवेदकहरुलाई जम्मा १५ करोड इकाई बाँडफाँड गरिएको थियो ।
सोही इकाई नेप्सेमा सूचीकृत भएको हो ।