नेपालले राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण स्थगित गरिएको छ ।
आउँदो जुलाईमा स्पेनमा हुने भनिएको त्रिकोणात्मक सिरिज स्थगित भएपछि
त्रिभुवन विशवविद्यालयको क्रिकेट मैदानमा भइरहेको बन्द प्रशिक्षण पनि स्थगित गरिएको हो ।
गत मंगलबारबाट बन्द प्रशिक्षण सुरु गरिएको थियो ।
नेपाल क्रिकेट संघ (क्यान) ले प्रेस विज्ञप्ती जारी गर्दै बन्द प्रशिक्षण
स्थगित भएको तर सा–साना समूहमा खेलाडीहरुले अभ्यास भने जारी राख्ने बताएको छ ।
को’भिड-१९ प्रोटोकल पालना गर्दै प्रशिक्षक डेभ ह्वाटमोर तथा फिजियो विक्रम न्यौपानेले अभ्यास गराउने क्यानको भनाइ छ ।
स्पेनमा नेपाल, स्कटल्यान्ड र नामिबिया सम्मिलित सिरिज आयोजना हुने तालिका थियो ।
नामिबियामा को’भिड-१९ सं’क्रमणमा पर्नेको संख्या बढेको र त्यहाँको राष्ट्रिय टिमले तयारी
गर्न नपाएको भन्दै आईसीसीले विश्व क्रिकेट डिभिजन-२ अन्तर्गतको सिरिज स्थगित गरेको हो ।
अन्तराष्ट्रिय क्रिकेट नियामक संस्थाले स्थगित सिरिज आउँदो जुलाई २०२२ मा आयोजना हुने बताएको छ ।