काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासनले निषेधाज्ञा लम्ब्याउने तयारी गरेका छन् ।
कोरोना संक्रमण दर उल्लेख्य मात्रामा घट्न नसकेको
निष्कर्षका साथ उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप्ने तयारी भएको हो ।
आइतबार उपत्यकाका तीनै सिडिओको बैठक बसेर निषेधाज्ञाको अवधि थप
एकसाता लम्ब्याउने निर्णय गर्ने बुझिएको छ । यद्यपि, निषेधाज्ञाा केही खुकुलो पार्ने तयारी छ।
यातायात व्यवसायीले सार्वजनिक यातायात खुलाउन दबाब दिए
पनि तत्काल खुला गर्ने अवस्था नरहेको तीनै प्रजिअको निष्कर्ष छ ।
स्वास्थ्य मन्त्रालयको सुझाबलाई आधार मानेर बाँकी निर्णय गर्ने उनीहरुको भनाइ छ ।