राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना आज आइतबारबाट आंशिक रूपमा सञ्चालनमा आउने भएको छ ।
४ सय ५६ मेगावाट क्षमताको आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने अन्तिम तयारी भइरहेको आयोजना कार्यालयले जनाएको छ ।
आयोजनाका प्रवक्ता गणेश न्यौपानेका अनुसार सुरुमा ४ सय ५६ मेगावाटमध्ये ७६ मेगावाट क्षमताको पहिलो युनिटबाट विद्युत् उत्पादनको परीक्षण गरिनेछ ।
कोभिड–१९ का कारणले निर्माण कार्यमा व्यवधान भएपछि केही समय स्थगित बनेको काम पुनः जारी भएको छ ।
परीक्षण उत्पादनको तयारीमा रहेको माथिल्लो तामाकोसीको बाँकी रहेको काम जारी नै रहने र आजदेखि परीक्षण उत्पादन गर्ने अन्तिम तयारीमा पुुगेको प्रवक्ता न्यौपानेले जानकारी दिए ।
परीक्षण प्रसारण हुने भएकाले नेपाल विद्युत् प्राधिकरणले आयोजनाको परीक्षण उत्पादनको क्रममा खिम्ती–लामो साँघु १ सय ३२ केभीको लाइन बन्द हुने र
यसका कारण ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेसनबाट वितरित विद्युत् केही समय कटौती हुन सक्ने जनाएको छ ।
सब स्टेसनबाट विद्युत् आपूर्ति हुने क्षेत्रका ग्राहकको विद्युत् छोटो समयको लागि कटौती हुन सक्ने प्राधिकरणले जनाएको छ ।
माथिल्लो तामाकोसी सम्पन्न भएपछि नेपालले भारतमा विद्युत् निर्यात गर्नेछ । अहिले भने उत्पादित विद्युत् अपुग भएर भारतबाट विद्युत् आयात हुँदै आएको छ ।
विगतमा पनि परीक्षण उत्पादनको मिति तोकिँदै आएकोमा विभिन्न कारणले स्थगित हुँदै आएको थियो र आयोजना सञ्चालनमा आउन सकेको छैन ।
केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनामा अनावश्यक ढिलाइ भएको भन्दै काममा स्वयं आफंैले निगरानी गर्ने बताएका थिए ।
नेपाल विद्युत् प्राधिकरणले आइतबारदेखि असार १९ शनिबारसम्म तामाकोसीलाई राष्ट्रिय विद्युत् प्रणालीमा जोड्न लागेको हो ।
समयअगावै कार्य सम्पन्न भएमा सोहीअनुसार विद्युत् सुचारु हुने प्राधिकरणले जनाएको छ ।
४ सय ५६ मेगावाटमध्ये ७६ मेगावाट क्षमताको आयोजनाको पहिलो युनिटबाट विद्युत् उत्पादनको परीक्षण गरी प्रसारण लाइनमा जोडिन लागेको हो ।
दोलखामा निर्माण भएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सञ्चालनमा आउने भएको हो ।
४ सय ५६ मध्ये ७६ मेगावाट क्षमताको पहिलो युनिटबाट आइतबारदेखि परीक्षण उत्पादन गर्न लागिएको हो ।
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा तोकिएको समयमा नै पूरा नहुने अवस्था देखिएको छ ।
राष्ट्रिय गौरवको ४ सय ५६ मेगावाट क्षमताको सो आयोजनाको निर्माण कार्य जति लम्ब्याउँदै गयो, त्यति नै आफूलाई आर्थिक रूपमा फाइदा पुग्ने
कर्मचारीमा देखिएको मनोवृत्ति कारण तोकिएको समयमा आयोजनाको निर्माण कार्य पूरा नहुने समस्या देखिएको स्थानीयवासीको आरोप छ ।
तीन वर्ष अघिदेखि नै प्रत्येक वर्षको असार मसान्तमा आयोजनाको निर्माण कार्य पूरा हुन्छ भन्दै आएका कर्मचारीले आफ्नो जागिर लम्ब्याउने खेतीमा लागेको आरोप स्थानीयको छ ।
अहिलेसम्म आयोजना निर्माणमा करिब ५० अर्ब रुपैयाँ खर्च भइसकेको छ । डलरमा भएको मूल्य वृद्धि, ऋणको ब्याज,
प्रशासनिक खर्चलगायतका कारण आयोजना पूरा हुँदा आयोजनाको लागत ७५ अर्ब रुपैयाँभन्दा केही बढी हुन सक्ने भएको छ ।