शाख १६ गतेदेखि लागु भएको निषेधाज्ञा भोलि सोमवार राती १२ बजेबाट सकिदैँछ ।
पछिल्लो पटक निषेआज्ञामा केहि खुकुलो गरि एक हप्ताका लागि बढाइएको थियो ।
थपिएको निषेधाज्ञामा अहिले खुला भएका क्षेत्रहरुको खोल्ने र बन्द गर्ने समय तालिका हेरफेर विषयमा निर्णय गर्ने छ ।
अन्य थप खुला हुने क्षेत्रलाई समय मिलाएर खोल्न दिने जिल्ला प्रशासन
कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो ।
जारी निषेधाज्ञा एक हप्ता थप हुँने र अन्य केही क्षेत्र खुकुलो बनाउन
सकिने र सार्वजनिक यातायात सन्चालनको माग भएता पनि अहिलेको
अवस्थालाई ध्यान दिदां खोल्न नमिले कुरा को पनि उहाँले जानकारी दिनु भयो ।
निषेधाज्ञाका बारेमा आज दिउँसो उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै छ ।
जसमा निषेधाज्ञाको मोडालिटीको बारेमा निर्णय हुनेछ ।