काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन सञ्चालनमा आउने भएका छन् ।
तर त्यसका लागि पनि विशेष नियम लागू भएको छ ।
म’हामा’रीको जो’खिम कायमै रहेका कारण सवारी साधन जोर विजोर मात्र चलाउन पाइने छ ।
त्यसका लागि पनि स्वास्थ्य मापदण्ड भने पालना गरेको हुनुपर्नेछ ।
जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाकैबीच सवारीसाधनमा जोरबिजोर लागु गरिने जनाएको छ ।
यस अघि नै उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक साता बढाउने सहमति गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय ललितपुरमा प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले सार्वजनिक सवारीसाधनमा
जोर बिजोर लागु गरिने तर कस्तो कस्तो अवस्थामा कडाइ गर्ने भन्नबारे अहिले निर्णय हुन नसकेको जानकारी दिए ।
‘‘सार्वजनिक सवारी साधन सञ्चालनमा आउँदा कस्ता मापदण्डमा कडाइ गरिने भन्नेबारे औपचारीक निर्णय गर्न भने बाँकी छ ।
सोमवार बिहान १० बजे बस्ने बैठकले त्यसवारे औपचारीक निर्णय गर्ने प्रजिअ निरौलाले बताए ।
सार्वजनिक यातायात व्यवसायीले स्वास्थ्य मापदण्ड अनिवार्य गरी सार्वजनिक सवारी सञ्चालन गर्नुपर्ने माग गर्दै आएका छन् ।