पाँच विद्यार्थी संगठनहरूले लकडाउन अवधिमा निजी विद्यालयले विद्यार्थीबाट लिएको शुल्क फिर्ता गरिनु पर्ने माग गरेका छन् ।
उनीहरूले शुल्क फिर्ता नभए निजी विद्यालयविरुद्ध आन्दोलन गर्ने पनि चेतावनी दिएका छन् ।
सोमबार बसेको पाँच विद्यार्थी संगठनको बैठकले शुल्क फिर्ता नगरे निजी
विद्यालय विरू’द्ध आन्दोलनमा जाने निर्णय गरेको क्रान्तिकारीका प्रवक्ता जिपी मैनालीले बताए ।
यस्तै, विश्वविद्यालयमा देखिएका परीक्षा लगायत शैक्षिक समस्याहरुका बारेका छलफल गर्न
ज्ञापनपत्रसहित उपकुलपतिसमक्ष संयुक्त प्रतिनिधिमण्डल जाने निर्णय भएको प्रवक्ता मैनालीले जानकारी दिए ।
शिक्षा मन्त्रीले आफ्नो पद र मर्यादालाई समेत ख्याल नगरी संविधान र कानूनलाई चु’नौति
दिनेखालका हर्कत गरेको ठहर गर्दै विद्यार्थी संगठनले दलित आन्दोलनप्रति ऐक्यबद्धता समेत जाहेर गरेको छ ।
विद्यार्थी संगठनहरुले विज्ञप्ति जारी गर्दै सबै विद्यार्थी र शिक्षकलगायतलाई शीघ्र
को’रोना विरू’द्धको खो’पको व्यवस्था गरी शैक्षिक वातावरण तयार गर्न पनि माग गरेका छन् ।
नेपाल विद्यार्थी संघ, अनेरास्वयु (क्रान्तिकारी), अनेरास्वयु, समाजवादी विद्यार्थी यूनियन,
अखिल छैटौँलगायत पाँच विद्यार्थी संगठनका नेताहरुको बैठकले संसद विघटनवि’रुद्ध सामूहिक प्रदिवाद गर्ने निर्णय पनि गरेको मैनालीले जानकारी दिए ।
त्यस्तै संगठनले संसद विघटनविरुद्ध काठमाडौँलगायत ७७ वटै जिल्लामा प्रदर्शन गर्ने जनाएको छ ।