हाम्रो टिम नेपालले सञ्चालन गर्दै आएको खाना बनाउने स्थानलाई काठमाडौं महानगरपालिकाले हटाएको छ ।
हाम्रो टिम नेपालले अनामनगरस्थित रहेको सार्वजनिक जग्गामा
निषेधाज्ञाको समयमा अभावमा परेका मजदुरहरुलाई खाना खुवाउने गरेको थियो ।
सो जग्गाबाट सोमबार महानगरपालिकाले हाम्रो टिम नेपाललाई हटाएको हो ।
प्रहरीले बलपूर्वक टिमका सदस्यहरुलाई त्यहाँबाट हटाएको छ भने हाम्रो टिम नेपालले बनाएको टहरा पनि भत्काएको छ ।
महानगरपालिकाको अनुमति बिना सार्वजनिक जग्गा अ’तिक्रमण गरी त्यहाँ बसेको र
महानगरपालिकाको आदेशअनुरुप त्यहाँबाट हटाइएको काठमाडौं महानगरपालिकाका नगर प्रहरी दिनेश अर्यालले बताए ।
जग्गा खाली गराउने क्रममा प्र’हरीले दर्जन बढी स्वयंसेवकहरुलाई नियन्त्रणमा समेत लिएको छ ।