प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आज
विभिन्न मिडियाका सम्पादकहरूसँग अन्तरक्रिया गर्ने भएका छन् ।
पछिल्लो राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक
गर्न सभामुख सापकोटाले पत्रकारहरुसँग अन्तरक्रिया गर्न लागेका हुन् ।
सभामुख सापकोटा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको
प्रतिनिधिसभा विघटनको विपक्षमा उभिदै आएका छन् ।
त्यसैगरी, अध्यादेशमार्फत गरिएका संवैधानिक नियुक्तिहरुको पनि सभामुख सापकोटाले विरोध गर्दै आएका छन् ।
दोस्रोपटक संसद विघटन भएपछि सापकोटाले ‘असाधारण निर्णय लिन सक्ने’ बताएका थिए ।
सभामुखको सचिवालयका अनुसार आज (मंगलबार) दिउँसो नयाँ बानेश्वरस्थित
संसद भवनमा सभामुख सापकोटाले सम्पादकहरूसँग अन्तरक्रियाको कार्यक्रम राखेका छन् ।